• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

स्वयम्भूमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम शुरु, बिदेशी पाहुनालाई बाजागाजा मायाको चिनोसहित स्वागत



काठमाडौं । स्वयम्भूमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम शुरु भएका छन् । बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय बिधिधताको प्रचार प्रसार गरी पर्यटन प्रबर्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम पुष २२ गतेसम्म सञ्चालन हुनेछन् । ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना गरिएको कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सञ्चालन भएको हो ।

कार्यक्रममा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक संघ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता छ । कार्यक्रममा स्वयम्भू क्षेत्रको बस्तुस्थिति समेटिएको श्रव्य-दृश्य सामाग्री सार्वजनिक तथा प्रस्तुत गरिएको थियो । नेपाल पर्यटन बर्षका कार्यक्रममा र काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको सप्ताहव्यापी कार्यक्रममा घरेलु तथा हस्तकलाका सामाग्री र खानेकुराका स्टलहरु राखिएका छन् ।

यसबाट स्थानीय सामान तथा उद्यमशीलताको प्रबर्धन हुने अपेक्षा गरिएको छ । कार्यक्रम शुरु गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले – महोत्सवले काठमाडौंलाई बिश्वभर सांस्कृतिक सहरका रुपमा परिचित गराउन योगदान पुग्ने बिश्वाश व्यक्त गर्नुभयो । नेपालभर एकसाथ पर्यटन बर्षका कार्यक्रम शुरु भएका छन् । काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्रमा आउने पर्यटकलाई स्वागत गरेर कार्यक्रम अघि बढाएको छ । कार्यक्रममा बोल्ने क्रममा सम्पदा र पर्यटनको अन्तरसम्बन्धमा कुरा गर्दै मेयर शाक्यले भन्नुभयो-सबैले आफ्नो क्षेत्रबाट इमान्दार भएर जिम्मेवारी निभाउने हो भने लक्ष्य हासील गर्न कठिन नहुने बताउनुभयो ।

भाषा, कला, संस्कार र सृजनाको विविधता भएको हाम्रो ठाउँमा पर्यटकको आगमन बढाउनु छ, बसाइ लम्ब्याउनु छ । यसका लागि सुरक्षा, सरसफाइ र न्यानो आतिथ्यता चाहिन्छ । यो काम सहभागितामा सबैले गर्नुपर्छ, मेयर शाक्यको जोड थियो । कार्यक्रममा बोल्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले — यो बर्षलाई पर्यटन प्रबर्धनको आरम्भ बर्षका रुपमा मानेर नियमित कार्यक्रम सञ्चालन गर्दै लगिने बताउनुभयो । हाम्रो उपत्यका, हिमाल, पहाड, तराइ सबैतिर पर्यटकीय सम्भावना छ । यसलाई लाभमा रुपान्तरण गर्न सक्नु पर्छ ।

यसबाट स्थानीयको जीवनस्तरमा सुधार आउनु पर्छ, यसले परिणाम दिन्छ, संसद सदस्य श्रेष्ठको भनाइ थियो । मनाङका संघीय संसद सदस्य पाल्तेन छोदेन गुरुङले काठमाडौं र मनाङ्लाई जोडेर पर्यटन प्रबर्धनका काम गर्ने हो भने पर्यटकको बसाईलाई थप सुबिधाजनक र सन्तोषपूर्ण बनाउन सकिने बताउनुभयो । त्यसै अवसरमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकका लागि आवश्यक पर्ने शान्ति सुरक्षामा कहीँ पनि कमी नहुने बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चलेको यो कार्यक्रम उदाहरण हो ।

महानिरीक्षक खनालले भन्नुभयो-यसले स्थानीयसँगै पर्यटकलाई पनि सुरक्षित भएको आभाष गराउँछ । त्यसैले यस प्रकारको कार्यक्रमलाई बिस्तार गरिनुपर्छ । बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकतासँग पर्यटन प्रबर्धनका कार्यक्रम जोड्न महोत्सवले सघाउ पुर्याउछ । कार्यक्रममा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले-वडाबासीका बीचमा सद्भावपूर्ण सम्बन्ध स्थापित गर्न, स्थानीय उत्पादनको प्रबर्धन गर्न, स्थानीय श्रोत र साधनको उपलब्धता थाहा पाउन पनि महोत्सवले सघाउने बताउनुभयो ।

वडाध्यक्षले उल्लेख गर्नुभएका अपेक्षित उपलब्धीमा थप गर्दै वडा सदस्य आनन्द गौत्तमले भन्नुभयो-वडाको सामाजिक र आर्थिक बिकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । त्यस्तै समाजमा शान्ति सुरक्षा, घरेल हिंसा, यौन हिंसाजस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन सहयोग गर्नेछ । महोत्सवले स्वयम्भू क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउने उहाँको अपेक्षा थियो ।

बसन्तपुरमा आउने पर्यटकलाई उपहारसहित स्वागत: पर्यटन बर्षको पहिलो दिन (आज) बसन्तपुर घुम्न आउने पर्यटकलाई बाजागाजा र उपहारसहित स्वागत गरियो । त्यहाँ आउने पहिलो पर्यटक ब्राजिलका गुस्तब बाटो हुनुहुन्थ्यो । उहाँलाई जुद्ध शालिकतर्फ (काउन्टर १) मा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले स्वागत गर्नुभएको थियो । त्यस्तै काउन्टर ३ मरुतर्फ वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, काउन्टर ४ प्याफलतर्फ वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठले र काउन्टर ५ इन्द्रचोकतर्फबाट बसन्तपुर आउने पर्यटकलाई वडा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

अप्रत्याशित स्वागत पाउँदा पर्यटकहरु फोटो खिच्न र भिडियो बनाउन व्यस्त देखिन्थे । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यका अनुसार आज अर्थात् पर्यटन बर्ष शुभारम्भ भएका दिन सार्क राष्ट्रबाट ३८ जना र अन्य देशबाट २७२ जना पर्यटकले बसन्तपुरको भ्रमण गरे । उनीहरुबाट ३ लाख ८५ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको छ ।