१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

स्वयम्भूमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम शुरु, बिदेशी पाहुनालाई बाजागाजा मायाको चिनोसहित स्वागत

स्वयम्भूमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम शुरु, बिदेशी पाहुनालाई बाजागाजा मायाको चिनोसहित स्वागत
अ अ+ अ-

काठमाडौं । स्वयम्भूमा सप्ताहव्यापी सांस्कृतिक कार्यक्रम शुरु भएका छन् । बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकता, मौलिकता, धार्मिक सहिष्णुता र स्थानीय जातीय बिधिधताको प्रचार प्रसार गरी पर्यटन प्रबर्धन गर्ने उद्देश्यले शुरु गरिएको कार्यक्रम पुष २२ गतेसम्म सञ्चालन हुनेछन् । ‘स्वयम्भू जाउँ, नेपाल पर्यटन बर्ष मनाऔं’ नारासहित आयोजना गरिएको कार्यक्रम वडा १५ र महानगरीय प्रहरी वृत्तको संयुक्त आयोजनामा सञ्चालन भएको हो ।

कार्यक्रममा नेपाल प्रहरीसहित ट्राफिक प्रहरी, पर्यटक प्रहरी, सामुदायिक प्रहरी सेवा केन्द्र, स्थानीय सामुदायिक संघ संस्था, होटल व्यवसायी र सरोकारवालाको सहभागिता छ । कार्यक्रममा स्वयम्भू क्षेत्रको बस्तुस्थिति समेटिएको श्रव्य-दृश्य सामाग्री सार्वजनिक तथा प्रस्तुत गरिएको थियो । नेपाल पर्यटन बर्षका कार्यक्रममा र काठमाडौंलाई सांस्कृतिक सहरका रुपमा परिचित गराउन सहयोग पुग्ने अपेक्षा गरिएको सप्ताहव्यापी कार्यक्रममा घरेलु तथा हस्तकलाका सामाग्री र खानेकुराका स्टलहरु राखिएका छन् ।

यसबाट स्थानीय सामान तथा उद्यमशीलताको प्रबर्धन हुने अपेक्षा गरिएको छ । कार्यक्रम शुरु गर्दै महानगरका प्रमुख बिद्यासुन्दर शाक्यले – महोत्सवले काठमाडौंलाई बिश्वभर सांस्कृतिक सहरका रुपमा परिचित गराउन योगदान पुग्ने बिश्वाश व्यक्त गर्नुभयो । नेपालभर एकसाथ पर्यटन बर्षका कार्यक्रम शुरु भएका छन् । काठमाडौं महानगरपालिकाले बसन्तपुर क्षेत्रमा आउने पर्यटकलाई स्वागत गरेर कार्यक्रम अघि बढाएको छ । कार्यक्रममा बोल्ने क्रममा सम्पदा र पर्यटनको अन्तरसम्बन्धमा कुरा गर्दै मेयर शाक्यले भन्नुभयो-सबैले आफ्नो क्षेत्रबाट इमान्दार भएर जिम्मेवारी निभाउने हो भने लक्ष्य हासील गर्न कठिन नहुने बताउनुभयो ।

भाषा, कला, संस्कार र सृजनाको विविधता भएको हाम्रो ठाउँमा पर्यटकको आगमन बढाउनु छ, बसाइ लम्ब्याउनु छ । यसका लागि सुरक्षा, सरसफाइ र न्यानो आतिथ्यता चाहिन्छ । यो काम सहभागितामा सबैले गर्नुपर्छ, मेयर शाक्यको जोड थियो । कार्यक्रममा बोल्दै संघीय संसद सदस्य जीवनराम श्रेष्ठले — यो बर्षलाई पर्यटन प्रबर्धनको आरम्भ बर्षका रुपमा मानेर नियमित कार्यक्रम सञ्चालन गर्दै लगिने बताउनुभयो । हाम्रो उपत्यका, हिमाल, पहाड, तराइ सबैतिर पर्यटकीय सम्भावना छ । यसलाई लाभमा रुपान्तरण गर्न सक्नु पर्छ ।

यसबाट स्थानीयको जीवनस्तरमा सुधार आउनु पर्छ, यसले परिणाम दिन्छ, संसद सदस्य श्रेष्ठको भनाइ थियो । मनाङका संघीय संसद सदस्य पाल्तेन छोदेन गुरुङले काठमाडौं र मनाङ्लाई जोडेर पर्यटन प्रबर्धनका काम गर्ने हो भने पर्यटकको बसाईलाई थप सुबिधाजनक र सन्तोषपूर्ण बनाउन सकिने बताउनुभयो । त्यसै अवसरमा बोल्दै प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पर्यटकका लागि आवश्यक पर्ने शान्ति सुरक्षामा कहीँ पनि कमी नहुने बताउनुभयो । समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत चलेको यो कार्यक्रम उदाहरण हो ।

महानिरीक्षक खनालले भन्नुभयो-यसले स्थानीयसँगै पर्यटकलाई पनि सुरक्षित भएको आभाष गराउँछ । त्यसैले यस प्रकारको कार्यक्रमलाई बिस्तार गरिनुपर्छ । बिश्व सम्पदा क्षेत्र स्वयम्भूको ऐतिहासिकतासँग पर्यटन प्रबर्धनका कार्यक्रम जोड्न महोत्सवले सघाउ पुर्याउछ । कार्यक्रममा वडाध्यक्ष एवं महानगरका प्रवक्ता ईश्वरमान डंगोलले-वडाबासीका बीचमा सद्भावपूर्ण सम्बन्ध स्थापित गर्न, स्थानीय उत्पादनको प्रबर्धन गर्न, स्थानीय श्रोत र साधनको उपलब्धता थाहा पाउन पनि महोत्सवले सघाउने बताउनुभयो ।

वडाध्यक्षले उल्लेख गर्नुभएका अपेक्षित उपलब्धीमा थप गर्दै वडा सदस्य आनन्द गौत्तमले भन्नुभयो-वडाको सामाजिक र आर्थिक बिकासमा यसको प्रत्यक्ष प्रभाव रहन्छ । त्यस्तै समाजमा शान्ति सुरक्षा, घरेल हिंसा, यौन हिंसाजस्ता सामाजिक अपराधका क्षेत्रमा सचेतना फैलाउन सहयोग गर्नेछ । महोत्सवले स्वयम्भू क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउने उहाँको अपेक्षा थियो ।

बसन्तपुरमा आउने पर्यटकलाई उपहारसहित स्वागत: पर्यटन बर्षको पहिलो दिन (आज) बसन्तपुर घुम्न आउने पर्यटकलाई बाजागाजा र उपहारसहित स्वागत गरियो । त्यहाँ आउने पहिलो पर्यटक ब्राजिलका गुस्तब बाटो हुनुहुन्थ्यो । उहाँलाई जुद्ध शालिकतर्फ (काउन्टर १) मा वडा २३ का अध्यक्ष मचाराजा महर्जनले स्वागत गर्नुभएको थियो । त्यस्तै काउन्टर ३ मरुतर्फ वडा २० का अध्यक्ष राजेन्द्र मानन्धरले, काउन्टर ४ प्याफलतर्फ वडा १९ का अध्यक्ष शशीलाल श्रेष्ठले र काउन्टर ५ इन्द्रचोकतर्फबाट बसन्तपुर आउने पर्यटकलाई वडा २४ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठले स्वागत गर्नुभएको थियो ।

अप्रत्याशित स्वागत पाउँदा पर्यटकहरु फोटो खिच्न र भिडियो बनाउन व्यस्त देखिन्थे । हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख रोशन शाक्यका अनुसार आज अर्थात् पर्यटन बर्ष शुभारम्भ भएका दिन सार्क राष्ट्रबाट ३८ जना र अन्य देशबाट २७२ जना पर्यटकले बसन्तपुरको भ्रमण गरे । उनीहरुबाट ३ लाख ८५ हजार ७ सय रुपैयाँ राजस्व संकलन भएको छ ।