१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

पत्रकार याम प्रधानको निधन

पत्रकार याम प्रधानको निधन
अ अ+ अ-

राष्ट्रय समाचार समिति इटहरीका समाचारदाता याम प्रधानको निधन भएको छ । ५३ वर्षीय प्रधान मिर्गौला रोगबाट पीडित भई घरमै थलिएका बेला बिहीबार बिहान आफ्नै निवास इटहरीमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीसमेत रहेका उनी सुनसरीका पुरानो पत्रकारका रूपमा परिचित थिए । नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्षसमेत रहेका प्रधानले लामो समयदेखि घरमै आप्नो उपचार गराइरहेका थिए ।

उनको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जलि सकेत व्यक्त गरेका छन् । उनलाई सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिन्थ्यो, उनी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति समेत रहेका थिए । प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए ।

प्रधानप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गरी शोकमा परेकी उनकी श्रीमती, छोरीसहित प्रधान परिवारमा समवेदना व्यक्त गरेका छन् । पत्रकार महासङ्घ सुनसरी शाखाका अनुसार बिहान ९ बजे गङ्गाजमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिने छ ।