• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

पत्रकार याम प्रधानको निधन



राष्ट्रय समाचार समिति इटहरीका समाचारदाता याम प्रधानको निधन भएको छ । ५३ वर्षीय प्रधान मिर्गौला रोगबाट पीडित भई घरमै थलिएका बेला बिहीबार बिहान आफ्नै निवास इटहरीमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीसमेत रहेका उनी सुनसरीका पुरानो पत्रकारका रूपमा परिचित थिए । नेपाल प्रेस युनियनका पूर्व उपाध्यक्षसमेत रहेका प्रधानले लामो समयदेखि घरमै आप्नो उपचार गराइरहेका थिए ।

उनको निधनमा नेपाल पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस सङ्गठनलगायतले दुःख प्रकट गर्दै सामाजिक सञ्जालमार्फत हार्दिक श्रद्धाञ्जलि सकेत व्यक्त गरेका छन् । उनलाई सुनसरीमा पत्रकारिताका गुरुसमेत मानिन्थ्यो, उनी नेपाल पत्रकार महासङ्घ सुनसरीका पूर्वसभापति समेत रहेका थिए । प्रधानको निधनले नेपाली पत्रकारिता इतिहासमा अपूरणीय क्षति भएको नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष अम्मर खड्काले बताए ।

प्रधानप्रति हार्दिक श्रद्दाञ्जली अर्पण गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले शोक विज्ञप्ति जारी गरी शोकमा परेकी उनकी श्रीमती, छोरीसहित प्रधान परिवारमा समवेदना व्यक्त गरेका छन् । पत्रकार महासङ्घ सुनसरी शाखाका अनुसार बिहान ९ बजे गङ्गाजमुना मुक्ति घाटमा उनको दाहसंस्कार गरिने छ ।