• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी छन्: प्रधानमन्त्री



प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले ल्याएका बालबालिका लक्षित कार्यक्रमहरु प्रभावकारी भएको बताएका छन् । बुधबार राजधानीमा भएको बालबालिकासँग प्रधानमन्त्री कार्यक्रममा उनले यस्तो बताएका हुन् । सबै बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, गरिब र साहाराबिहिन बालबालिकाहरुको अभिभावक्व लिने कार्यक्रम प्रभावकारी रुपमा अगाडी बढेको उनले बताए ।

‘बालबालिका जन्मेपछि ६ महिनादेखी, सुनौला हजार दिन र पोषण अभियानका लागि विभिन्न कार्यक्रमहरु सञ्चालनमा आएका छन् । जसबाट बाल मृत्युदर घटेको छ’, उनले भनेो, ‘जन्म लिन नै नपाई हुने मृत्यु हुने अवस्था आउन नदिन दुर्गम ठाउँबाट हेलिकप्टरबाट पनि प्रजननकालागि स्वास्थ्य संस्थामा लैजाने गरिएको छ ।’ योग्य नागरिक उत्पादनकालागि बालबालिकाको शिक्षा, स्वास्थ्यका क्षेत्रमा अघि सारेका योजनाहरुपनि प्रभावकारी भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले जन्मिनु भन्दा पहिले देखी अस्पताल लगेर जन्म दिएमा पुरस्कार दिने जस्ता कार्यक्रमले पनि सरकार बालबालिकाप्रति कति जिम्मेवार छ भन्ने कुरा प्रमाणित हुने बताए ।प्रधानमन्त्री ओलीले बालबालिकाहरुले राजनीतिका विषयमा चासो राख्नुपर्ने बताएका छन् ।

विद्यार्थीहरु राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भने, ‘विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ भनेर म भन्दिन तर आफ्नो सामान्य ज्ञानका लागि देशमा के भइरहेको छ । कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ ।’ राजनीतिमा आउन हुन्छ कि हुँदैन भन्ने प्रश्नमा उनले भनेो, ‘विद्यार्थीहरु राजनीतिमा आउनुपर्छ भनेर म भन्दिन तर आफ्नो सामान्य ज्ञानका लागि देशमा के भइरहेको छ । कस्तो भइरहेको छ भन्ने कुरा थाहा पाइराख्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले राजनीतिमा सुधार आएमात्रै देशमा सुधार आउने र राजनीति बिग्रेको अवस्थामा देशको अवस्थामा पनि बिग्रिने बतए ।