• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   पूर्वराजा शाहद्वारा पाटनको भ्रमण- फोटो फिचर ★   बालेनको स्टाटसको केहीबेरमै चालकलाई छाडियो ★   छत्तीसगढमा पिकअप ट्रक खाल्डोमा खस्दा कम्तीमा १५ मजदुरको मृत्यु ★   गर्मीले जनजीवन कष्टकर ★   पाथीभरा म्याराथनको उपाधि आर्मीका श्रेष्ठलाई ★   सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन ★   अहिलेको संसदले संक्रमणकालिन न्यायसम्बन्धि विधेयक पारित गर्दैन: पूर्वसभामुख ढुंगाना ★   कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक बुधबार ★   केकेआरले रच्यो इतिहास, अब तेस्रो उपाधिको पर्खाइमा ★   बाँदरको हैरानी झेल्न नसकेर खास्टेतालपारीका किसान कागतीखेतीमा

महानगरका घुमुवा प्रहरी खारेज, युनिटबाटै सूचना संकलन गरिने



काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीद्वारा घुमवा प्रहरी खारेज गरिएको छ । रानीपोखरीका आयुक्त डीआईजी विश्वराज पोरखेलले आफू मातहत रहेका सूचना संकलन गर्ने २५ जनाको घुमुवा टोली प्रहरी खारेज गरेका हुन् । आयुक्तको कार्यालयका एक अधिकारीले भने,‘‘घुमुवा टोलीका कारण कतिपय अवस्थामा संगठनकै बदनाम पनि भएको छ । आफ्नो जिम्मेवारीभन्दा अन्यन्त्र लाग्ने गरेका पनि थिए । अब सूचनाको जानकारी युनिटहरुबाटै लिन्छौं।’’

रानीपोखरीमा वर्षौदेखि घुमुवा प्रहरी रहदै आएका थिए । कार्यालय प्रमुख फेरिएसँगै सबैले आफूअनुकुल घुमुवाको रुपमा प्रहरी खटाउँदै आएका थिए । अधिकारीका अनुसार संगठनको आन्तरिक शुद्धीकरण गर्नका लागि घुमुवा प्रहरी खारेज गरिएको हो।

आयुक्तको कार्यालय महातत उपत्यकाका तीनवटै जिल्लाका प्रहरी कार्यालय, महानगरीय ट्राफिक, अपराध महाशाखा र विमानस्थल प्रहरी कार्यालय रहने गरेको छ । रानीपोखरीमा कार्यरत घुमुवा प्रहरी खारेज भए पनि मातहतका युनिटमा भने सिभिल प्रहरी रहनेछन् ।