१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

महानगरका घुमुवा प्रहरी खारेज, युनिटबाटै सूचना संकलन गरिने

महानगरका घुमुवा प्रहरी खारेज, युनिटबाटै सूचना संकलन गरिने
अ अ+ अ-

काठमाडौं । महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीद्वारा घुमवा प्रहरी खारेज गरिएको छ । रानीपोखरीका आयुक्त डीआईजी विश्वराज पोरखेलले आफू मातहत रहेका सूचना संकलन गर्ने २५ जनाको घुमुवा टोली प्रहरी खारेज गरेका हुन् । आयुक्तको कार्यालयका एक अधिकारीले भने,‘‘घुमुवा टोलीका कारण कतिपय अवस्थामा संगठनकै बदनाम पनि भएको छ । आफ्नो जिम्मेवारीभन्दा अन्यन्त्र लाग्ने गरेका पनि थिए । अब सूचनाको जानकारी युनिटहरुबाटै लिन्छौं।’’

रानीपोखरीमा वर्षौदेखि घुमुवा प्रहरी रहदै आएका थिए । कार्यालय प्रमुख फेरिएसँगै सबैले आफूअनुकुल घुमुवाको रुपमा प्रहरी खटाउँदै आएका थिए । अधिकारीका अनुसार संगठनको आन्तरिक शुद्धीकरण गर्नका लागि घुमुवा प्रहरी खारेज गरिएको हो।

आयुक्तको कार्यालय महातत उपत्यकाका तीनवटै जिल्लाका प्रहरी कार्यालय, महानगरीय ट्राफिक, अपराध महाशाखा र विमानस्थल प्रहरी कार्यालय रहने गरेको छ । रानीपोखरीमा कार्यरत घुमुवा प्रहरी खारेज भए पनि मातहतका युनिटमा भने सिभिल प्रहरी रहनेछन् ।