१७ भाद्र २०८३, बुधबार
,
Latest
बर्दियाका १३५ जनाको उद्धार भोटेकाशी बाढीः दिवङ्गत प्रहरीको परिवारलाई १० लाख आर्थिक सहायता र ऋण मिनाहा भोटेकोशी बाढीपीडितलाई आठ लाख २५ हजार सहयोग शिक्षामन्त्री पोखरेल र शिक्षक महासङ्घबीच विद्यालय शिक्षा ऐनबारे छलफल मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा राज्य जिम्मेवार हुनुपर्छ : प्रदेश प्रमुख मियाँ न्युजिल्यान्डमा ब्याजदर वृद्धि, मुद्रास्फीति ४.१ प्रतिशत वैज्ञानिक अनुसन्धानको तथ्याङ्क खुला गर्न चीनको नयाँ पहल बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो भोटेकोशी विपद्पछि विश्व पर्यटन बजारमा नेपालको विश्वास पुनःस्थापित गर्न जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सबल र सुदृढ बनाउने उपराष्ट्रपति यादवको विश्वास



फाइल फोटो
अ+ अ-

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न निर्वाचनले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाललाई अझ सबल, सुदृढ र परिपक्व बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।

यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका अवसरमा सन्देश दिनुहुँदै उहाँले निर्वाचनले राष्ट्रिय एकता र सहकार्यलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले भन्नुभएको छ, “निर्वाचनमा सहभागी भई निर्धक्क भएर, कसैको प्रभाव वा दबाबमा नपरी, आफ्नो विवेक प्रयोग गरी मतदान गर्न सम्पूर्ण मतदातामा आग्रह गर्दछु ।”

उहाँले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र विश्वसनीय बनाउन अहोरात्र खटिएका निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, सञ्चारकर्मी तथा पर्यवेक्षकको योगदान प्रशंसनीय रहेको बताउनुभयो । उपराष्ट्रपति यादवले मतदान प्रक्रियामा सहभागी हुँदा निर्वाचन आचारसंहिताको पालना गर्दै सभ्य नागरिकको परिचय दिनसमेत आह्वान गर्नुभएको छ ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको मूल आधार नै निर्वाचन भएको उल्लेख गर्नुहुँदै उपराष्ट्रपति यादवले नागरिकले आफ्ना प्रतिनिधि आफैँ छनोट गर्ने यो लोकतान्त्रिक अभ्यासमा सहभागी हुन आग्रह गर्नुभयो ।

“संविधानले दिएको बालिग मताधिकार प्रयोग गर्नु अधिकार मात्र होइन, देश र जनताको भविष्य निर्माण गर्ने कर्तव्य पनि हो । तपाईंको अमूल्य मतले देशमा शान्ति, सुशासन, स्थायित्व र समृद्धिको बाटो खोल्छ”, सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ । रासस