२४ श्रावण २०८३, आईतवार
,
Latest
अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य र शिक्षामा पहुँच बढाउँदै तेह्रथुम ट्राफिक प्रहरीलाई गजुरेलको निर्देशनः ‘बोलीमा शुद्धता, व्यवहारमा नम्रता र आर्थिक अनुशासन कायम गरौँ’ संस्थापन इतर समूहसहित बाडेगाउँ पुगे खड्का, गरे कांग्रेस एकताको संकल्प फूलमा रस चुस्दै सिपराज बुङ्गेचरा आदिवासी अधिकारको पूर्ण कार्यान्वयनका लागि प्रतिबद्ध छौँ : कांग्रेस सभापति थापा पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी आदिवासी जनजातिहरूको विशिष्ट पहिचान र संस्कृति नेपालको राष्ट्रिय गौरव हो : राष्ट्रपति पौडेल तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनका कारण भएनन् होलीका औपचारिक कार्यक्रम



अ+ अ-
काठमाडाैँ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गर्दै प्रशासनबाट गरिएको आग्रहसँगै आज पोखरामा औपचारिक रुपमा नभई घरघरभित्रै होली मनाइएको छ ।
विगतका वर्षमा पोखराको पर्यटकीयस्थल लेकसाइडलगायत मुख्य सहरी क्षेत्रका साथै विभिन्न सङ्घसंस्थाको आयोजनामा सामूहिक रुपमा होली मनाउने गरिएको थियो ।
यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले फागुन १५ गते औपचारिक सूचना जारी गर्दै निर्वाचनलाई लक्षित गरी यस वर्ष होली पर्वलाई सार्वजनिक खुला रुपमा औपचारिक कार्यक्रम नगरी आआफ्नै घर परिसर भित्रै मनाउन आग्रह गरेको थियो ।
प्रशासनको सूचनालाई पालना गरिएका कारण जिल्लामा आज होलीका कुनै पनि औपचारिक कार्यक्रम भएका छैनन् ।  निर्वाचनलाई स्वच्छ, निष्पक्ष, मर्यादित, शान्तिपूर्ण एवम् भयरहित वातावरणमा सम्पन्न गर्न कास्की प्रशासनले आजदेखि अर्को निर्णय नभएसम्मका लागि बेलुका राति ९ः०० बजेसम्म मात्रै रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाउने गरी सूचना जारी गरेको छ ।
आजै राति १२ः०० बजेदेखि निर्वाचनको मौन अवधि सुरु हुने भएकाले दल तथा उम्मेदवारहरूले आज आफ्नो प्रचारप्रसारलाई तीव्र बनाएका छन् । तीनवटा निर्वाचन क्षेत्र भएको जिल्लामा ४९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।