५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यपूर्वमा विकसित समस्यामा परेका नेपालीलाई सघाउन कांग्रेसले खोल्यो ‘हेल्प डेक्स’



अ+ अ-

 

काठमाडौँ । मध्यपूर्वमा विकसित भएको पछिल्लो अवस्थाका कारण त्यहाँका विभिन्न देशमा रहेका धेरै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू प्रभावित भएको भन्दै नेपाली कांग्रेसले समस्यामा परेका नेपालीका लागि ‘हेल्प डेक्स’ सञ्चालनमा ल्याएको जनाएको छ ।

कांग्रेस सभापति गगनकुमार थापाले उक्त जानकारी दिँदै सबैलाई थप आवश्यक सहयोग पुर्याउन ‘हेल्प डेक्स’सञ्चालनमा ल्याएको जनाएका हुन् । उनले कतिपयलाई सम्पर्क गरी राहत, स्थानान्तरण र तत्काल उद्धारको आवश्यकता परेको भन्दै विदेशमा रहेका धेरैको आफ्नो परिवारसँग सम्पर्क हुन नसकेको अवस्था रहेकोसमेत उल्लेख गरेका छन् ।

नेपालबाट उड्ने धेरै उडानहरू रद्द भएका कारण थुप्रै नेपाली प्रभावित भएको भन्दै सरकारले यसमा आफ्नो तवरले काम गरिरहेकोसमेत जनाएका छन् ।

प्रक्रियालाई सहज बनाउन सम्बन्धित देशमा रहेका नेपाली जनसम्पर्क समिति तथा गैरआवासीय नेपाली संघ (एनआरएनए) का सदस्यहरूले ‘हेल्प डेक्स’मार्फत आवश्यक समन्वय गरिरहेकोसमेत जनाएका छन् ।

साथै उडान अवरुद्द भएर काठमाडौँमा रोकिएकाहरूलाई आफ्नो गृह जिल्ला वा घरसम्म पुग्नका लागि यातायातको आवश्यक प्रबन्ध गरेकोसमेत सभापति थापाले जनाएका छन् ।

आवश्यक सहयोग वा समन्वयका लागि ह्वाट्सएप मार्फत सम्पर्क गरी सहयोग लिन सकिनेसमेत कांग्रेसले जनाएको छ ।

सम्पर्क विवरणहरू:
नेपाली कांग्रेस केन्द्रीय पार्टी कार्यालय सम्पर्क कृष्णप्रसाद दुलाल – (९८५२०५४०८१)
सम्पर्क व्यक्ति- सुदिप ढुङ्गाना- (९८४००४०७१७)

* काठमाडौँ बाहिर जान यातायातको लागि: भरतप्रसाद अर्याल (९८४९८८४३७२)
* बहराइन: शेरबहादुर रावत (+९७३३९०१६३९३)/पदमसुन्दर गुरुङ (+९७३६६९०७०९४)
* कतार: मोहम्मद अजिज (+९७४५५२३५९२१)/राज रेग्मी (+९७४६६६८२०६७)
* यूएई: भुवानी प्र. तिमल्सिना (००९७१५०७९५१०१९) / रमेश श्रेष्ठ (+९७१५०३९८०४९९)
* इजरायल: खगेश्वर अधिकारी – (+९७२५४२८५९४७६)/राजेन्द्र उप्रेती (+९७२५३७८२५३७८२७६१९)