१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

उखु किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने छन्: उद्योगमन्त्री भट्ट

उखु किसानले उखु बेच्नेबित्तिकै पैसा पाउने छन्: उद्योगमन्त्री भट्ट
अ अ+ अ-

काठमाडौं । सरकारले किसानको भुक्तानी गर्न चिनि मिल सञ्चालकलाई निर्देशन भईसकेको भन्दै काठमाण्डौको माईतीघरमा प्रर्दशनमा बसेका उखु किसानलाई फिर्ता जान अपिल गरेको छ ।

राष्ट्रियसभाको विहिबारको बैठकमा समय मागेर बोल्दै सरकारका तर्फबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले उखु किसानका समस्या समाधान नभए किसानले बोलाएको ठाउ र समयमा उपस्थित हुने प्रतिवद्धता व्यक्त गर्दै प्रर्दशनमा आएका सबै किसानलाई फिर्ता जान आग्रह गर्नुभएको हो । उहाँले यो बर्ष कुनै पनि अवस्थामा उखु किसानका सम्पुर्ण समस्या समाधान गर्न सरकार प्रतिवद्ध रहेको पनि जानकारी गराउनुभयो ।

उहाँले अन्नपुर्ण सुगर एण्ड जनरल इन्जिनियरि प्रालि र इन्दिरा सुगर एण्ड एग्रो प्रालि का सञ्चालक राकेश कुमार अग्रवाल मन्त्रालयको टेलिफोनसम्पर्कमा आएको तथा महालक्ष्मी सुगर मिल प्रालिले पुस २५ गते भित्र सबै उखु किसानको बाँकी बकौता भूक्तानी गर्ने लिखित प्रतिवद्धता गरेको जानकारी गराउनुभयो । त्यसैगरी श्रीराम सुगर मिलले किसानको रकम भुक्तानी गर्न सहजीकरणका लागि मन्त्रालयमा अनुरोध गरेको पनि उहाँले जानकारी गराउनुभयो ।

उहाँले मन्त्रालयको निर्देशन अनुसार माघको पहिलो साता सम्म उखु किसानको सम्पुर्ण बक्यौता चुक्ता गर्न निर्देशन भएको, यस बर्ष को उखु तत्काल खरिद गरि मिल संचालन गर्न तथा भुक्तानी नगरेको मिलको कारोवार रोक्का राखिने व्यहोरा सबै मिललाई जानकारी गराईएकाले किसानहरुलाई भुक्तानी पाउनेमा विश्वस्त हुन आग्रह गर्नुभयो । उहाँले उखु किसानलाई सरकारले दिने भनी घानेषणा गरेको अनुदान रकम पर्याप्त र सहज तरिकाले उपलब्ध हुने व्यवस्था मिलाउन अर्थ मन्त्रालय र कृषि मन्त्रालयमा सहजिकरणका लागि अनुरोध गरिएको बताउनुभयो ।

उहाँले उखु किसान र चिनि मिल संञ्चालकका बीच बर्षो देखि देखिएको समस्याको दिगो समाधानका लागि सरोकारवाला मन्त्रालयका पदाधिकारी ,उखु किसान र चिनी मिलका प्रतिनिधि विषय विज्ञको समेत रहने गरि समिति गठन गरिएको र सो समितिलाई १५ दिन भित्र प्रतिवेदन दिन भनिएकाले समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पहल अघि बढाउने जानकारी गराउनुभयो ।

मन्त्रीका अनुसार, समितिलाई उखु दिने वित्तिकै भुक्तानी किसानकै खातामा रकम जम्मा हुने स्वचालित पद्धति सिफारिस गर्ने , तौलमा हुने अनियमिता रोक्ने , विचौलियाको प्रभाव र खरिद प्रक्रियालाई सहज र पारर्शी बनाउने, उखु किसानको बाँकी बक्यौताको रकम एक्किन गर्ने, उखु किनबेचलाई सबै कोणबाट व्यवस्थित बनाई सोचालिन पद्धति अपनाउने गरि सरकारलाई सिफारिस गर्न भनिएको छ ।

मन्त्री भट्टका अनुसार, पुस १६ गते उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्र्तगत आपूर्ति व्यवस्थापन महाशाखाको संयोजकत्वमा चिनीको कारखाना द्धार मुल्य , फ्याक्टी मुल्य निर्धारण गरि आवश्यक सुझाव दिन का लागि पनि समिति गठन गरिएको छ । उखु किसानको ऋण र बाध्यता तथा समस्याको बारेमा कार्यदलले दिने सुझावका आधारमा सरकारले समस्या सम्बोधन गर्ने उहाँले स्पष्ट पार्नुभयो ।

उखु किसानको समस्या आउन नदिन चिनी मिलका संचालकलाई बोलाई भुक्तानी दिन तथा उखु उत्पादन र चिनिमिल संचालकबीच छलफल गरि उखु किसानलाई सरकारबाट दिइृएको अनुदान रकम सहज उपलब्ध गराउन, उखु किसानलाई अनुदान दिने कार्यविधि सरल र व्यवहारिक हुने गरी आवश्यक परिमार्जन गर्न कषि तथा पशुपक्षी विकास मन्त्रायलाई अनुराध गर्ने काम पनि मन्त्रालयबाट भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले उखु किसानको भुक्तानी गर्न बाकी रकम तुरुन्त भुक्तानी गर्ने गरि मिल संञ्चालकहरुलाई आवश्यक प्रबन्ध मिलाउन आग्रह गरेको र यस बर्षका लागि उखुको मुल्य प्रतिक्वीन्टल ५ सय ३६ रुपैया ५६ पैसा मुल्य निर्धारण गरिएको बताउनुभयो ।