२४ श्रावण २०८३, आईतवार
,
Latest
तीनबुँदे सहमतिअनुसार कर्णालीमा मन्त्रिपरिषद् विस्तार हुँदै ‘कर नीतिमा स्थिरता र पूर्वाधार सुधार अटोमोबाइल क्षेत्रको मुख्य आवश्यकता हो’ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै ग्यासको कालोबजारी रोक्न उपत्यकाका डिपोमा सादा पोसाकका प्रहरी परिचालन वैद्यखानाले गति लिएकोमा पूर्वमन्त्री पौडेलद्वारा खुसी व्यक्त, सरकारलाई ६ बुँदे सुझाव भारतको हिमाचल प्रदेशमा बस दुर्घटनाः ८ जनाको मृत्यु, १० घाइते इलाममा अदुवाको आकर्षक मूल्य, खेती विस्तार गर्दै किसान अमेरिकी सिनेटद्वारा सरकारी कामकाज ठप्प हुन नदिन अस्थायी कोष विधेयक पारित कान्ति राजमार्गको स्तरोन्नति तिब्रः ५० प्रतिशत भौतिक प्रगति, समयमै सम्पन्न गर्ने निर्माण व्यवसायीको दाबी चार अर्ब ९३ करोड बढी राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सार्वजनिक बिदाको दिन बैंक खुला राख्न राष्ट्र बैंकको निर्देशन



अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिनसमेत बैंकिङ सेवा अवरुद्ध नहुने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

होली पर्व र फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन कार्यालय सञ्चालनमा राख्न केन्द्रीय बैंकले आग्रह गरेको हो।

निर्देशनअनुसार सरकारी कारोबार गर्ने तोकिएका वाणिज्य बैंकहरूले राजस्व संकलन तथा भुक्तानी सेवा निरन्तर उपलब्ध गराउनुपर्नेछ।

निर्वाचन प्रचारप्रसारका लागि खोलिएका बैंक खातामार्फत राजनीतिक दल र उम्मेदवारको नगद, चेक तथा अन्य भुक्तानी कारोबार पनि नियमित रूपमा सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ।