३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाइः ओली

मिचिएको भूमि फिर्ता र नयाँ नक्शाः राष्ट्रिय स्वाभिमानको नयाँ उचाइः ओली
अ+ अ-

काठमाडौं । केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारले नेपालको राष्ट्रिय स्वाभिमानलाई अन्तर्राष्ट्रिय स्तरमा मजबुत बनाएको दाबी गरेका छन् । उनले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ राजनीतिक तथा प्रशासनिक नक्शा जारी गर्नु ऐतिहासिक उपलब्धि भएको उल्लेख गरे।

उनका अनुसार यसअघि नेपालको भूमि अरूको नक्शामा पर्ने तर आफ्नै नक्शामा नपर्ने अवस्था रहेको थियो। नयाँ नक्शामार्फत मिचिएको भूभागलाई समेटेर बलियो दाबी प्रस्तुत गरिएको उनको भनाइ छ। राष्ट्रियताको सवालमा आफ्नो पार्टीले कहिल्यै सम्झौता नगर्ने र देशको एक इन्च भूमि पनि नछोड्ने प्रतिबद्धता उनले दोहोर्‍याए।

अध्यक्ष ओलीले उत्तरतर्फ चीनसँगका नाकाहरू सञ्चालनमा ल्याएर समुद्रसम्मको पहुँच सुनिश्चित गरिएको बताए। नेपाल अब ‘ल्यान्ड–लक्ड’ बाट ‘ल्यान्ड–लिङ्क्ड’ देशका रूपमा अघि बढेको दाबी गर्दै विश्वसँग जोडिने मार्ग उत्तरतर्फबाट पनि खुलेको उल्लेख गरे ।

आफ्नो कार्यकालमा भएका भौतिक पूर्वाधार विकासका कामबारे चर्चा गर्दै उनले मेची–महाकाली राजमार्ग स्तरोन्नति, हुलाकी राजमार्ग तथा मदन भण्डारी राजमार्गको शुरुआत आफ्नै पहलमा भएको बताए। हजारौँ पुल निर्माण, खानेपानी आयोजना विस्तार, विद्युत् पहुँच विस्तारलगायत क्षेत्रमा उल्लेखनीय प्रगति भएको उनको दाबी छ।

दमक क्षेत्रमा पहिले चापाकलमा निर्भर रहेको अवस्थाबाट अहिले घरघरमा खानेपानी पुगेको उनले उल्लेख गरे। सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा नेपाल विश्वस्तरमै पुगेको दाबी गर्दै संसारले प्रयोग गरिरहेका आधुनिक सूचना प्रविधि नेपालमा पनि प्रयोग भइरहेको उनले बताए ।

यसका साथै सुरुङ मार्ग, रेल मार्गको अवधारणा अघि बढाइएको र भूकम्पपछिको पुनर्निर्माणअन्तर्गत करिब साढे आठ लाख घर निर्माण गरिएको तथ्य उनले प्रस्तुत गरे। एकैपटक ३९६ पालिकामा आधारभूत अस्पतालको शिलान्यास गरिएको स्मरण गर्दै स्वास्थ्य क्षेत्रमा समेत उल्लेखनीय फड्को मारिएको उनको भनाइ छ।

अध्यक्ष ओलीले आफ्नो पार्टीलाई काम गर्ने पार्टीको संज्ञा दिँदै देशको मुहार फेर्ने काम एमालेकै नेतृत्वमा भएको दाबी गरे।