३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

देशलाई दिशाहीन हुन नदिन एमालेको जित आवश्यक छ : योगेश भट्टराई

देशलाई दिशाहीन हुन नदिन एमालेको जित आवश्यक छ : योगेश भट्टराई
अ+ अ-

काठमाडाैँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइ जस्तो अवस्थाबाट जोगाउन आगामी निर्वाचनमा एमालेको जित अनिवार्य रहेको बताएका छन्।

झापा–५ अन्तर्गत दमकमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै भट्टराईले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा विकसित चुनौतीहरूको सामना गर्न सक्षम राजनीतिक शक्तिले नै निर्वाचन जित्नुपर्ने धारणा राखे।

चुनावी मैदानमा देखिएका केही उम्मेदवारका कारण देशमा थप अस्थिरता निम्त्याउने प्रयास भइरहेको आरोप लगाउँदै उनले त्यस्ता पात्रहरूका कारण देश दिशाहीन बन्ने जोखिम रहेको बताए। “त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको विजय आवश्यक छ,” उनले भने।

देशलाई जुवाको अखडा बनाउन खोज्ने प्रवृत्ति चुनावमा देखिएको उल्लेख गर्दै भट्टराईले केही उम्मेदवार र दलहरूमा जिते उत्साह मनाउने र हारे निराश हुने बाहेक स्पष्ट उद्देश्य नरहेको दाबी गरे। उनले जेनजी आन्दोलनबाट भएको क्षतिको दोष जबर्जस्ती एमालेमाथि थोपर्ने प्रयास भएको पनि बताए। “देशलाई ध्वस्त बनाउने गतिविधिमा संलग्नहरू नै आज कुन नैतिकताले उम्मेदवार बनेका छन्?” उनले प्रश्न गरे।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन समितिका संयोजक देवेन्द्र दाहालले अघिल्लो निर्वाचनझैँ फराकिलो मतान्तरले झापा–५ बाट एमाले अध्यक्ष ओली विजयी हुने दाबी गरे। झापा–५ बाट निरन्तर ओली उम्मेदवार बन्नु क्षेत्रका मतदाताका लागि अवसर भएको उनको भनाइ थियो।

त्यसैगरी क्षेत्रीय चुनाव प्रचार उपसमिति संयोजक तथा पार्टी केन्द्रीय सदस्य इन्द्र भण्डारीले दमकसहित क्षेत्रभरि भइरहेको सशक्त जनपरिचालन र मतदाताको सक्रियताले एमालेको जित सुनिश्चित गरेको बताए।