१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

ग्रीकवासीद्वारा रेल दुर्घटनाको तेस्रो वार्षिकोत्सवमा विरोध प्रदर्शन

ग्रीकवासीद्वारा रेल दुर्घटनाको तेस्रो वार्षिकोत्सवमा विरोध प्रदर्शन
अ अ+ अ-

काठमाडौँ। ग्रीकमा दर्जनौं प्रदर्शनहरूमा हजारौं मानिसहरू सहभागी भएका छन् । यस दुर्घटनामा ५७ जनाको ज्यान गएको थियो । पीडित परिवारहरूको संघद्वारा आयोजित मुख्य ¥याली ग्रीक संसद भवन अगाडि भएको थियो ।

यसलाई विपक्षी दलहरू र श्रम युनियनहरूले समर्थन गरेका थिए, जसले २४ घण्टे हड्ताल पनि आह्वान गरेका थिए जसले सार्वजनिक यातायात सेवाहरू प्रभावित भए ।

विद्यार्थी संघहरू पनि यस आन्दोलनमा सामेल भएका थिए । किनकि पीडितहरूको अधिकांश विश्वविद्यालयका विद्यार्थीहरू थिए जो छुट्टीपछि पढाइमा फर्किरहेका थिए । प्रदर्शनकारीहरूले न्यायको माग गर्दै ब्यानर बोकेका र नारा लगाएका थिए ।यो र्याली रेलवेका दर्जनौं कर्मचारी र अधिकारीहरूको मुद्दा शुरु हुनुअघि भएको हो ।

जुन मार्च २३ बाट शुरु हुँदैछ । पीडित परिवारहरू, विपक्षी दलहरू र प्रदर्शनकारीहरूले सरकारमाथि अनुसन्धानलाई गलत तरिकाले ह्यान्डल गरेको र कभर–अप गरेको आरोप लगाएका छन् ।

उनीहरूले राजनीतिज्ञहरूमाथि पनि अभियोग लगाउन माग गरेका छन् । जसलाई रेल सुरक्षाको कमीका लागि जिम्मेवार ठानिन्छ जसले यात्रु रेल र मालवाहक रेलबीच ठोक्किने कारण बनेको थियो ।

दुर्घटना पछि सरकारले रेलवे पूर्वाधार सुधार्ने र सञ्चालन समस्याहरू सम्बोधन गर्ने प्रतिबद्धता जनाएको थियो । यो घटनाले ग्रीसमा ठूलो राजनीतिक र सामाजिक बहस निम्त्याएको छ, र न्यायको माग अझै तिब्र छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल