२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बग्दादमा अमेरिका–इजरायलको इरानमाथिको आक्रमणविरुद्ध प्रदर्शन



अ+ अ-

काठमाडौँ। इराकको राजधानी बग्दादमा ठूलो संख्यामा मानिसहरूले अमेरिका र इजरायलको इरानमाथिको आक्रमणको विरोधमा प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले अमेरिकी दुतावासतर्फ जाने सडकको प्रवेशद्वार नजिकैको सस्पेन्सन ब्रिज (झोलुङ्गे पुल) नजिकै भेला भएका थिए ।

उनीहरूले नारा लगाउँदै तत्काल युद्धविरामको माग गरेका छन् । यो प्रदर्शन इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईको हत्या र इरानमाथि संयुक्त अमेरिकी–इजरायली आक्रमणपछि भएको क्षेत्रीय तनावको प्रतिक्रियास्वरूप भएको हो ।

प्रदर्शनकारीहरूले अमेरिकी सेनाको इराकबाट फिर्ता र इजरायलविरुद्ध प्रतिशोधको नारा लगाएका थिए । प्रदर्शनका क्रममा सुरक्षा बलले टियर ग्यास प्रयोग गरी प्रदर्शनकारीहरूलाई तितरबितर पारेका छन् ।

जसले गर्दा केही स्थानमा झडप भएको थियो। यो घटनाले मध्यपूर्वमा बढ्दो द्वन्द्वलाई थप जटिल बनाएको छ । सिन्ह्वा/ न्युज एजेन्सी नेपाल