२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित अँध्यारो सुरुङभित्रको ‘हेलो… हेलो…’ र जीवनको खोजी भोटेकोशी बाढीः रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व संकलन टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो ‘मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक छ’-मन्त्री वादी भोटेकोशी बाढी : जलवायु अन्यायको प्रत्यक्ष प्रमाण, नेपालले खोज्नुपर्छ क्षतिपूर्ति पीडामा रहेका मानिसहरुमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेहरू अपराधी हुन् खुलामञ्चमा गौरा पर्व, सुदूरपश्चिम र कर्णालीका युवा सहभागी नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दक्षिण भारतमा पटाका कारखानामा विस्फोटः २१ जनाको मृत्यु



अ+ अ-

काठमाडौँ। भारतको दक्षिणी राज्य आन्ध्र प्रदेशको काकिनाडा जिल्लामा एक पटाका उत्पादन गर्ने कारखानामा भीषण विस्फोट हुँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

विस्फोट भएको स्थान वेटलापालेम गाउँ (समार्लकोटा मण्डल) मा रहेको सूर्या श्री फायरवक्र्स नामक कारखाना हो । मृतकमध्ये केही महिला पनि थिए ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । जसमध्ये केहीको अवस्था गम्भीर छ । मिडिया रिपोर्टकाअनुसार घटना हुँदा करिव ३५ देखि ४० जना कामदारहरू विस्फोटक पदार्थ मिसाएर पटाका बनाइरहेका थिए ।

विस्फोट यति शक्तिशाली थियो कि धेरै किलोमिटर टाढासम्म आवाज सुनिएको थियो । धेरै शवहरू जलेर चिन्न नसक्ने अवस्थामा पुगेका थिए । कारखानाको मालिक अदबाला श्रीनिवास पनि मृतकमा परेका छन् ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री एन. चन्द्रबाबु नायडुले मृतकका परिवारलाई प्रतिव्यक्ति २० लाख रुपैयाँ राहत घोषणा गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले पनि शोक व्यक्त गर्दै समवेदना प्रकट गर्नुभयो । यस्ता घटनाहरू पटाका कारखानामा सुरक्षा मापदण्डको उल्लंघन र लापरबाहीका कारण बारम्बार हुने गरेका छन् । सिन्ह्वाको/न्युज एजेन्सी नेपाल