१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

निकुञ्जबाट बस्तीमा हात्ती :मरघटिया र वैशाखा शिविरमा जनधनको क्षति

निकुञ्जबाट बस्तीमा हात्ती :मरघटिया र वैशाखा शिविरमा जनधनको क्षति
अ अ+ अ-

कञ्चनपुर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका बस्तीमा जङ्गली हात्ती पसेर घर भत्काउनुका साथै अन्नपात र गहुँबाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

शुक्लाफाँटा नगरपालिका–१२ मरघटिया शिविर र वैशाखा शिविरमा पछिल्ला दिनयता हात्तीको बथानले क्षति पु¥याउँदै आएको छ । मरघटिया शिविरकी देवकी राना र उहाँका श्रीमान् दानसिंह रानाले रातिको समयमा हात्ती घरमै पसेपछि भागेर ज्यान जोगाउनुभएको छ ।

दुई दिनअघि राति खाना खाएर सुतिरहेका बेला कच्ची घरको भित्तामा ठूलो आवाज आएपछि झस्किएका उनीहरूले बाहिर निस्केर ज्यान जोगाएका थिए ।

“घाँसको बार भत्काएर हात्तीले सुड घरभित्र छिरायो,” देवकीले भन्नुभयो, “नभागेको भए के हुन्थ्यो भन्न सकिँदैन ।” उहाँका अनुसार घरमा भर्खरै भित्राएको दुई बोरा चामल, दश किलो मसुरको दाल र पाँच किलो हल्दी हात्तीले खाएर नष्ट पारेको छ ।

स्थानीयका अनुसार छावा सहितको हात्तीको ठूलो बथान बस्तीमा पसेको थियो । केही हात्ती बस्ती हुँदै निकुञ्ज फर्किए पनि दुई वटा हात्तीले घर भत्काएर अन्नपात सखाप पारेका थिए ।

वैशाखा शिविरमा पनि हात्तीले खेतबालीमा क्षति पु¥याएको छ । किसान विखलु चौधरीका अनुसार चार दिनदेखि निरन्तर साँझ पर्नासाथ हात्ती खेतमा पस्ने गरेका छन् । “गहुँमा बाला लाग्न थालेको छ,” उहाँले भन्नुभयो, “तर हात्तीले पाक्न नदिई खाइरहेका छन् ।”

उहाँका अनुसार आफ्नो दश कठ्ठा जमिनको गहुँबाली नष्ट भएको छ, भने आठजना किसानको झण्डै दुई बिघा क्षेत्रफलमा लगाइएको गहुँ चार दिनमै सखाप भएको छ । हात्ती साँझ नपर्दै खेतमा पसी बिहानपख मात्रै निकुञ्ज फर्किने गरेको स्थानीयले बताएका छन् ।स्थानीय अवज सिंह धामीले हात्ती नियन्त्रणका लागि वडा कार्यालय र निकुञ्ज प्रशासनमा जानकारी गराइएको भए पनि प्रभावकारी पहल नभएको गुनासो गर्नुभयो । “रातभरि त्रासमै बस्नुपरेको छ,” उहाँले भन्नुभयो, “कहिले घरमै छिर्छन् भन्ने डर छ ।”

निकुञ्जसँग सटिएका मरघटिया र वैशाखा शिविरमा हरेक वर्ष हात्तीले बालीनाली तथा भौतिक संरचनामा क्षति पु¥याउने समस्या दोहोरिने गरेको छ । बाली पाक्ने समयमा हात्तीको आवतजावत झन् बढ्ने गरेको स्थानीयको अनुभव छ ।
बस्तीका अगुवा सुम्ला रानाले वन्यजन्तु संरक्षण आवश्यक भए पनि मानव सुरक्षाको प्रत्याभूति हुनुपर्नेमा जोड दिनुभयो । “संरक्षणसँगै सुरक्षाको भरपर्दो व्यवस्था हुनुपर्छ,” उहाँले भन्नुभयो ।

स्थानीयले हात्ती नियन्त्रणका लागि विद्युतीय तारबार, सोलार बत्ती, सायरन जडान लगायतको माग गरेका छन् । मानव–वन्यजन्तुद्वन्द्व न्यूनीकरणका लागि दीर्घकालीन योजना आवश्यक रहेको उहाँहरुको भनाइ रहेको छ ।

स्थानीयका अनुसार समयमै प्रभावकारी कदम नचालिए दोहोरिँदै आएका यस्ता घटनाले कुनै पनि बेला ठूलो मानवीय क्षति निम्त्याउन सक्ने जोखिम बढ्दै गएको छ । रासस