१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता
अ अ+ अ-

पर्सा। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पर्सामा अस्थायी मतदाताको सङ्ख्या एक हजार ९० जना रहेका छन् ।

जिल्ला निर्वाचन कार्यालय पर्साका अनुसार पर्सामा दुई वटा अस्थायी मतदान केन्द्र तोकिएको छ । जिल्ला निर्वाचन कार्यालय पर्साका प्रमुख अनामिका रौनियारले पर्सामा सरकारी कर्मचारी तथा कारागारका कैदीबन्दी, सुरक्षा निकाय लगायतका एक हजार ९० जना अस्थायी मतदाताले प्रतिनधिसभाको समानुपातिकतर्फको मतदान गर्न पाउने बताउनुभयो ।

‘‘निर्वाचनको लागि मतदान केन्द्रमा खटिनुभएका कर्मचारीले आफू खटिएको ठाउँमा नै मतदान गर्न पाउने व्यवस्था गरेका छौँ,’’ उहाँले भन्नुभयो,‘‘अन्य मतदाताको हकमा भने वीरगञ्ज कारागार र जिल्ला हुलाक कार्यालय पर्साको प्राङगणमा मतदान गर्ने व्यवस्था मिलाएका छौँ ।’’ वीरगञ्ज कारागारका प्रशासक बाबुलाल रेग्मीले वीरगञ्ज कारागारमा रहेका ३५ जना कैदीबन्दी मतदानमा सहभागी हुने जानकारी दिनुभयो ।

‘‘मतदाता नामावलीमा नाम समावेश गरेका ३५ जना कैदीबन्दी समानुपतिकतर्फको निर्वाचनमा मतदान गर्दै हुुनुुहुन्छ,’’ उहाँले भन्नुभयो,‘‘कैदीबन्दीले पनि आफ्नो मताधिकार प्रयोग गर्न पाउने व्यवस्था अनुसार कारागारमा नै अस्थायी मतदान केन्द्र तोकेर मतदानको व्यवस्था मिलाइएको छ ।’’

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले पर्सामा भयरहित निर्वाचनको लागि आवश्यक वातावरण तयार पारेको जानकारी दिनुभयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ हेडक्वाटर पर्साका गणपति तथा सशस्त्र प्रहरी उपरीक्षक मोहनबहादुर क्षेत्रीले पर्सामा निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा गर्ने गरी आवश्यक तयारी गरेको बताउनुभयो ।

जिल्लाको चार वटै निर्वाचन क्षेत्रमा १०७ जना उम्मेदवार रहेका छन् । जसमध्ये ४६ जना उम्मेदवार स्वतन्त्र रहेका छन् । स्वतन्त्र उम्मेदवारमध्ये पनि सात जना महिला र ३९ जना पुरुष उम्मेदवार रहेका छन् ।

त्यस्तै राजनीतिक दलको तर्फबाट ६१ जना उम्मेदवार रहेका छन् । यसमध्ये पाँच जना महिला उम्मेदवार र ५६ जना पुरुष उम्मेदवार छन् । रासस