१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

खरेलले प्रधानमन्त्रीकै अगाडि असहयोग भयो भन्दा खेदो खन्न शुरु

खरेलले प्रधानमन्त्रीकै अगाडि असहयोग भयो भन्दा खेदो खन्न शुरु
अ अ+ अ-

काठमाडौंः नेपाल वायुसेवा निगमको संचालक समितिको बैठकमा तीन सदस्यले कार्यकारी अध्यक्ष मदन खरेललाई पाँचबुँदे स्पष्टीकरण मागेका छन् । गत साता प्रधानमन्त्री केपी शर्मा ओली समक्ष संस्कृति, पर्यटन मन्त्री योगेश भट्टराई, कार्यकारी अध्यक्ष खरेल र पर्यटन सहसचिव एवं निगम संचालक समितिका सदस्य बुद्धिसागर लामिछानेले निगम बारे छलफल गरेका थिए ।

त्यसक्रममा खरेलले आफूले गरेको काम बताउँदै सबै पक्षबाट सहयोग नभएको, संचालक समिति अपुरो रहेको तथा सदस्यबाटै असहयोग गरेको कुरा व्यक्त गरेका थिए भनी सूत्रले दाबी गरेको छ । सरकारी स्वामित्वको निगमलाई सहज रुपमा सुधार गर्नुपर्नेमा आफू लागेको बताएका थिए । त्यही विषय अहिले स्पष्टीकरणमा विषय बनेको छ । संचालक समितिमा खरेल र लामिछाने बाहेक अच्यूत पहाडी विज्ञ र अर्थ मन्त्रालयका सहसचिव विष्णुराज ढकाल छन् । अन्य दुई सदस्य खाली छ । पर्यटन मन्त्री स्वयं उक्त छलफलमा सहभागी भएका थिए । यही विषयलाई अगाडि सारेर मागपत्र जारी भयो । यो अवस्थाले निगममा थप कामहरुमा पूर्ण रुपले अवरोध खडा हुँदै जाने निश्चित छ ।

स्पष्टीकरण मागपत्रको पहिलो मुद्दा नै कुन कुन बैठकमा को को सदस्यले असहयोग गरेको भनी उल्लेख गरिएको छ । दोस्रोमा वाइडबडी ३३०–६०० जापानको नारिता नउडाई ओशाका उडाएको भनिएको छ जुन कुरा उडान शुरु भएको महिनौं भैसक्यो र नारिताको प्रयास भइरहेको कुरा यसअघिको बैठकले जानकारी गराइसकेको छ । तेस्रोमा चिनियाँ जहाजको कुरा छ । निगमसँग थुप्रै चिनियाँ जहाज छन् जो अनेकन कारणले समस्याग्रस्त छन् । चौथोमा एयरबस ३२० र ३३० इन्जिन मर्मतको कुरा छ । यसमा करिब १० महिना संसदको सार्वजनिक लेखा समिति हुँदै सर्वोच्च अदालत पुगेको छ । त्यसबेला संचालक मध्येबाटै प्राविधिक रुपमा असफल भएको कम्पनीलाई तोकेर हिँडेको समाचार बाहिर आएको छ । अर्को इन्जिन मर्मत नगरी भाडामा चलाएर नोक्सान गरेको माग छ ।

यी पछिल्ला चार विषय विगत एक वर्षदेखि चर्चामा आएकै हुन् । जब अध्यक्षले संचालक समितिका सदस्यबाट असहयोग भयो भनेपछि यी कुरा बाहिर आएका हुन् । यसमा प्रष्ट के देखिएको छ भने यी चार बुँदा समस्या हुन् र यो तथ्य हो तर एक वर्षसम्म उनीहरुले यी विषयमा किन कुरा उठाएनन् भनी निगमका कर्मचारीले असन्तुष्टी व्यक्त गरेका छन् । निगमका अध्यक्ष असक्षम हो भने मन्त्रीले किन राखिरहेका छन् ? असक्षम सावित गर्न खोज्ने सदस्यहरु सो समितिमा किन बसिरहेका छन् ? सरकारले संचालक समितिलाई किन अपूर्ण राखेको छ ? आदि प्रश्नहरु उठ्नु स्वाभाविक हो ।

पर्यटन मन्त्री, निगम अध्यक्ष र संचालक समितिका सदस्य उसैको कसैसँग मतैक्यता हुँदैन भने निगमलाई सुधार गर्ने सरकारको, निगमको लक्ष्य हासिल कसरी होला ? मन्त्री, अध्यक्ष, सदस्य सबै फेरिइरहने पद हुन्, यसमा शंका छैन, तर जति बसिन्छ राम्रो गर्नु पर्दछ भन्ने भावना देखिन्न । कुरा स्पष्ट के छ भने हिजो को थियो, आज यो छ तर आजै म भएँ गर्थें भन्ने निहित स्वार्थले काम गरिरहेछ । साँच्चै गर्ने भनेको त नेपाल सरकारको नीति नियम र निगमको नीति नियम र नियमावलीले हो भन्ने कुरा सबैले हेक्का राखे हुन्छ भनी निगमका सेवानिवृत्त जानकारहरुको भनाई छ ।