३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

अतिवाद होइन समन्वयको बाटो रोज्न मतदातासँग प्रदीप पौडेलको आह्वान

अतिवाद होइन समन्वयको बाटो रोज्न मतदातासँग प्रदीप पौडेलको आह्वान
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा उम्मेदवार **प्रदीप पौडेल**ले मतदातालाई अतिवादको बाटो अस्वीकार गर्न आह्वान गरेका  छन् । आइतबार काठमाडौंमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस निर्वाचनले देशलाई कुन दिशामा लैजाने भन्ने निर्णायक संकेत गर्ने बताए ।

निर्वाचनको चार दिनअघि मतदातासँग कुरा गर्दै पौडेलले यो चुनाव अतिवादलाई मान्यता दिने कि सबैलाई समेटेर सहकार्यको मार्गबाट देश अगाडि बढाउने भन्ने विषयमा जनमत संग्रह जस्तै भएको दाबी गरे । उनका अनुसार आगामी निर्वाचनले नेपाललाई स्थिरता, शान्ति र संविधान कार्यान्वयनतर्फ लैजाने कि अस्थिरता र थप संकटतर्फ धकेल्ने भन्ने गम्भीर फैसला गर्नेछ।

पौडेलले नेपाली कांग्रेसले सधैं लोकतन्त्रको पक्षमा उभिएर नागरिक अधिकारका लागि संघर्ष गर्दै आएको र नेपालमा अतिवाद संस्थागत हुन नदिने प्रतिबद्धता निरन्तर राखेको स्मरण गराए । पछिल्लो समय युवा पुस्ताबाट उठेको ‘जेन–जी’ आन्दोलनले देशमा धेरै परिवर्तन ल्याएको उल्लेख गर्दै उहाँले कांग्रेसले त्यसलाई आत्मसात गरेको बताए ।

उनले राजनीतिमा को कहिले जन्मियो भन्ने आधारमा पुरानो वा नयाँ नतोकिने स्पष्ट पार्दै कांग्रेस विचार, एजेण्डा र दृष्टिकोणका हिसाबले नयाँ र स्पष्ट भएर जनतामाझ आएको दाबी गरे । भदौ २३ गतेको जेन–जी आन्दोलनपछि देशको राजनीतिक वातावरणमा उल्लेखनीय परिवर्तन आएको स्वीकार गर्दै उनले कांग्रेसप्रति पनि उक्त आन्दोलनले खबरदारी गरेको तथ्य पार्टीले खुलेर मानेको बताए ।

सभामा पौडेलले लामो समयसम्म एउटै नेतृत्व दोहोरिरहने प्रवृत्तिको अन्त्य गर्न कांग्रेसले आफ्नै पार्टीबाट एक व्यक्ति दुई पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाउने अभ्यास सुरु गरेको जानकारी दिए। यसलाई संविधानमै बाध्यकारी व्यवस्था बनाउने चाहना पार्टीको रहेको उनको भनाइ थियो। सुशासन र पारदर्शिताका सन्दर्भमा उहाँले २०४६ सालपछि राज्यका विभिन्न जिम्मेवारीमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग पनि कांग्रेसले नै अघि सारेको स्पष्ट पारे ।