१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तीन आर्थिक विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो News Polar नेकपा प्रमुख सचेतकको सुझावः जिबी राई सत्तापक्षीय सदस्यहरुसँग सम्पर्कमै हुनुहुन्छ भन्ने छ, पक्राउ गरियोस् News Polar रिजालको प्रश्न : ‘१७ मन्त्रालय घटाएर १२८ स्वकीय सचिव राख्नु सुशासनको कुन गणित हो ?’ News Polar मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न बिमा र पूर्वसूचना प्रणाली विस्तार गरिँदैछ : मन्त्री चौधरी News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया

कामपाले धर्मपथमा पार्किङस्थल निर्माण नगर्ने

कामपाले धर्मपथमा पार्किङस्थल निर्माण नगर्ने
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले धर्मपथमा निर्माण गर्ने भनिएको बहुतले पार्किङस्थल निर्माण कार्य प्रक्रिया रद्द गरेको छ । कामपाको ३९ औँ कार्यपालिका बैठकले निर्माण गर्न कानूनी जटिलता रहेको भन्दै निर्माण प्रक्रिया अघि नबढाउने निर्णय गरेको हो । कामपा प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बिहीबार बसेको बैठकमा बहुमतले पार्किङस्थल निर्माणको काम प्रक्रियामा गइसकेको भए पनि कानूनी समस्या रहेको भन्दै रद्ध गरेको हो ।

उक्त स्थानमा पार्किङ निर्माणको काम २०७३ सालबाटै अघि बढेको थियो । त्यस्तै बैठकले नेपाल विद्युत् प्राधिकरणले महानगरलाई तिर्नुपर्ने राजश्व र महानगरले प्राधिकरणलाई तिर्नुपर्ने बिजुलीको बक्यौताका विषयमा अध्ययन गरी हिसाब मिलान गर्न सिफारिस गर्न वडा नं ३ का अध्यक्ष दीपक केसीको संयोजकत्वमा छ सदस्यीय समिति गठन गरेको छ । बैठकले सामाजिक उत्तरदायित्वअन्तर्गत सार्वजनिक शौचालय निर्माणको काम अघि बढाउन उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।

त्यस्तै सार्वजनिक निजी साझेदारी कार्यक्रमअन्तर्गत पाँच वटा सार्वजनिक शौचालयसहित ३६ वटा बस बिसाउनी निर्माण गर्न अनुमति दिने बैठकले निर्णय गरेको छ । बैठकले वडा ३२ मा दर्ता भएर सञ्चालन हुँदाहुँदै सञ्चालक बेपत्ता भएको हिरो बचत तथा ऋण सहकारी संस्थालाई समस्याग्रस्त सहकारी घोषणा गरेको छ ।

बैठकका अन्य निर्णयमा वडा २७ को वडा कार्यालयको भवन निर्माण सम्झौता गर्ने, चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने, शङ्खधर पार्क निर्माणका लागि मध्यपुरथिमी नगरपालिकालाई अनुदान उपलब्ध गराउने, महानगर क्षेत्रभित्रका पैदलमार्ग वडा तहबाट सम्भव हुने वडाबाटै र अन्यका हकमा महानगरबाट मर्मतसम्भार तथा व्यवस्थापन गर्नेलगायत छन् । बैठकले यही पुस २९ गते नगरसभाको मिति तय पनि गरेको छ ।