३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

आचार संहिता उल्लंघन भएकोप्रति कांग्रेसले निर्वाचन आयोगमा बुझायो ध्यानाकर्षण पत्र

आचार संहिता उल्लंघन भएकोप्रति कांग्रेसले निर्वाचन आयोगमा बुझायो ध्यानाकर्षण पत्र
अ+ अ-

 

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आचार संहिता उल्लंघनका घटना बढेको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । कांग्रेसले विभिन्न ठाउँमा आचार संहिता उल्लंघन भएको विषयमा आइतबार आयोग कार्यालय पुगेर आचार संहिता उल्लंघन सम्बन्धमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

कांग्रेस प्रवक्ता एवं केन्द्रीय सदस्य देवराज चालिसेको नेतृत्वमा आयोग गएको टोलीले चार बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो । ती बुँदाहरूमा राजनीतिक दलहरूले भौतिक चुनाव चिन्हको खुलेआम दुरुपयोग गरिरहेको, राजनीतिक दलहरूले निर्वाचन प्रचार–प्रसार अभियानका क्रममा बालबालिकालाई सहभागी गराइएको, निर्वाचन आयोगले राष्ट्रिय झण्डाको प्रयोगको सम्बन्धमा गरेको निर्देशन विपरीत राष्ट्रिय झण्डाको दुरुपयोग भइरहेको र मिथ्या सूचनाको दुष्प्रचार गरी जनमतलाई आफ्नो दलको अभिष्ट पूरा गराउने उद्देश्यले सामाजिक सञ्जाल मार्फत् निर्वाचन आचारसंहिताको विपरीत हुने गरी सूचना सम्प्रेषण भइरहेको रहेका छन् ।

ध्यानाकर्षण पत्र बुझ्दै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले हालसम्म ११ सय भन्दा बढी आचार संहिता उल्लघंनको घटना भएको उजुरी परेको र आयोगले प्रमाण संकलन गरिरहेको बताए । उनले विभिन्न ठाउँमा रकमसमेत बाँडिएको पाइएको भन्दै अध्ययन गरी कारबाही गरिने बताए ।

उनले आचार संहिता उल्लंघनको घटनामा आयोग संवेदनशील रहेको भन्दै कांग्रेसको ध्यानाकर्षणप्रति आभार व्यक्त गरे । उनले स्वच्छ निर्वाचनका लागि आयोग कटिबद्ध रहेकोसमेत बताए ।

कांग्रेसले निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, पारदर्शीता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम गराउनका लागि निर्वाचन आचार संहिता पालना गर्न गराउन ध्यानाकर्षण पत्र बुझाएको हो ।

टोलीमा प्रवक्ता चालिसेसँगै केन्द्रीय सदस्य एवं वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्का, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी, कांग्रेस युवा नेता मनोजमणि आचार्य, कांग्रेस केन्द्रीय कार्यालयका कायममुकायम मुख्य सचिव कृष्णप्रसाद दुलाल, कांग्रेस मिडिया सेन्टरका संयोजक जीवन भण्डारीलगायत सहभागी रहेका थिए ।