२४ श्रावण २०८३, आईतवार
,
Latest
तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड कपिलवस्तुका पूर्वमेयर किरण सिंह जंगलमा मृत फेला मुग्लिन–नारायणगढ सडकखण्डमा सवारी आवागमन पूर्णरूपमा सञ्चालन सरकार बाटोबाट विचलित भए रास्वपाले हस्तक्षेप गर्छ : रवि लामिछाने ‘सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन सम्भव छैन, फेसलेस ट्राफिकमा जानुपर्छ’ सरकारको चार महिने कार्यसम्पादनमा स्पष्ट छनक देखिनुपर्थ्यो तर मुलुकलाई सुरक्षित गन्तव्यमा पुर्‍याउने जिम्मा हाम्रो हो-रवि… सुनको मूल्य तोलामा चार हजार आठ सयले वृद्धि सुशासन कायम गर्दै नागरिकमा राज्यप्रति विश्वास जगाउनु अहिलेको मुख्य उपलब्धि : हरि ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आन्तरिक विवाद त्यागेर निर्वाचनमा होमिन उपमहासचिव भट्टराईको जोड



अ+ अ-

झापा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव योगेशकुमार भट्टराईले पार्टीको आन्तरिक विवाद त्यागेर एकताबद्ध भई निर्वाचनमा ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिएका छन् ।
कमल गाउँपालिका गेउरियामा आज आयोजित कोणसभामा उहाँले वर्तमान अवस्थामा आन्तरिक विवादलाई छाडेर एकढिक्का भई पार्टीका उम्मेदारलाई विजयी बनाउन मतदातासँग निरन्तर सम्पर्कमा रहनुपर्ने बताए ।

उपमहासचिव भट्टराईले सबै नेता–कार्यकर्ताले निर्वाचनमा आ–आफ्नो स्थानमा रहेर जिम्मेवारी निर्वाह गर्नुपर्नेमा जोड दिए । उनले झापामा एमालेको विजय सिङ्गो पार्टीको प्रतिष्ठासँग गाँसिएकाले जसरी पनि मतदातालाई रिझाएर जित आफ्नो पक्षमा पार्नुपर्ने बताए ।

उनले भने “यो देशको स्वाभिमानलाई माथि उठाउन, राष्ट्रियतालाई सुदृढ बनाउन र ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न नेकपा (एमाले) विजयी हुनुपर्छ ।”