३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

गोरखा १ का कांग्रेस उम्मेदवार खत्रीबारे भ्रामक समाचार प्रकाशन गरिएको भन्दै एस दी हिमालयको आपत्ति

गोरखा १ का कांग्रेस उम्मेदवार खत्रीबारे भ्रामक समाचार प्रकाशन गरिएको भन्दै एस दी हिमालयको आपत्ति
अ+ अ-

गोरखा । नेपाली कांग्रेसका गोरखा क्षेत्र नम्बर १ का उम्मेदवार प्रेमबहादुर खत्रीबारे भ्रामक र कपोलकल्पित समाचार प्रकाशन गरिएको भन्दै एस दी हिमालयले आपत्ति जनाएको छ । उक्त हिमालयका सञ्चालकसमेत रहेका खत्रीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको हवाला दिँदै छानबिन भइरहेको भन्ने समाचार आएसँगै आपत्ति जनाइएको हो ।

खत्रीमाथि कुनै पनि अनुसन्धान हालसम्म नभएको र चुनावलाई प्रभावित गर्न चरित्र हत्या गर्ने गरी प्रचार प्रसार भएको भनी कम्पनीले आपत्ति जनाएको हो ।

एस दी हिमालयका महाप्रबन्धक सुजन खत्रीले प्रेस विज्ञप्ति जारी गर्दै यस्ता भ्रामक समाचारप्रति भ्रममा नपर्न अनुरोध गरेका छन् । उनले कम्पनीका सञ्चालक खत्री विगत डेढ दशकभन्दा बढी समयदेखि “राजनीति पेशा होइन, सेवा हो” भन्ने मूल मन्त्रका साथ विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएको बताएका छन् ।

ध्यानाकर्षण पत्रमा भनिएको छ, “विशेषगरी “एस दी हिमालयका सञ्चालक प्रेमबहादुर खत्रीमाथि छानबिन सुरु” भन्ने शीर्षकमा प्रकाशित समाचार पूर्णतः असत्य, आधारहीन र भ्रामक रहेको स्पष्ट पार्न चाहन्छौं। उक्त समाचारमा सीआईबीको हवाला दिँदै तथाकथित ‘नक्कली उद्धार प्रकरण’ सम्बन्धी सामग्री प्रस्तुत गरिएको भए पनि यस कम्पनी वा कम्पनीका सञ्चालक श्री प्रेमकुमार खत्रीसम्बन्धी कुनै पनि अनुसन्धान हालसम्म नभएको जानकारी सम्बन्धित निकायसँग बुझ्दा प्राप्त भएको छ। सम्बन्धित निकाय स्वयं यस विषयमा अनविज्ञ रहेको जानकारी समेत पाएका छौँ ।”

अगाडि भनिएको छ, “यस प्रकारका समाचारहरू नियोजित रूपमा कम्पनीको प्रतिष्ठा र सञ्चालकको चरित्र हत्या गर्ने तथा आगामी फागुन २१ गते हुने निर्वाचनलाई प्रभावित पार्ने उद्देश्यले प्रकाशित गरिएको हाम्रो ठहर छ। यसप्रति कम्पनी गम्भीर आपत्ति प्रकट गर्दै यस्ता कार्यमा संलग्न पक्षविरुद्ध कानूनी उपचारको प्रक्रिया अगाडि बढाइने जानकारी गराउँछौँ ।”