२४ श्रावण २०८३, आईतवार
,
Latest
‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रश्ताव उच्च आर्थिक वृद्धिको लागी नीतिगत हस्तक्षेप र लगानी विस्तार दुवै आवश्यकः उपाध्यक्ष डा. भट्ट रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने तिब्बतमा परम्परागत बुनाइ सीप संरक्षण गर्दै सहकारी आणविक नीतिमा पुनर्विचारको सङ्केतपछि जापानमा चिन्ता विश्व आदिवासी दिवसमा सांस्कृतिक झाँकी- फोटो फिचर रास्वपा सांसद ढकालले सिंहदरबारको नाम फेर्नुपर्ने भनेपछि श्रेष्ठको कटाक्ष : जसको मनमा हरि छैन उसको… तनहुँमा आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे धर्मको खेती र भ्रम सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुदूरपश्चिम पुगेर विश्वप्रकाशले भने: देउवालाई सम्मान, गगनलाई शासन



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको बताएका छन् । शिनबार सुदूरपश्चिममा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले देउवा पार्टीको अभिभावक भएको भन्दै सम्मान रहेको उल्लेख गरे ।

अछामका साँफेबगर र कमल बजारमा आयोजित दुवै क्षेत्रका अलग अलग स्थानमा आयोजित सभालाई सम्बोधन गर्दै शर्माले निवर्तमान सभापति शेरबहादुर देउवा अब पार्टीको अभिभावक रहेको र गगन थापा नयाँ सभापति बनेको यथार्थ सुदूरपश्चिमले आत्मसात् गरेर नवीन ऊर्जा विकास गर्ने विश्वास प्रकट गरे ।

उनले भने, “देउवालाई सम्मान, गगनलाई शासन यही नै अहिलेको आवश्यकता र यथार्थ हो । पार्टीका उम्मेदवार र रूख चिन्हलाई विजयी गराउन वर्तमान र निवर्तमान दुवै नेतृत्वको उत्तिकै दायित्व रहेको छ ।”

सुदूरपश्चिमकै माटोबाट उदाएर राष्ट्रको नेतृत्व गरिसकेका नेताको यो क्षेत्रले फागुन २१ को चुनावबाट तुलनात्मक रूपले अरु प्रदेशमा भन्दा बढी राम्रो परिणाम दिएर इतिहास कायम गर्नुपर्ने आह्वानसमेत उपसभापति शर्माले गरे ।

शनिबार गण्डकी प्रदेशको पोखराबाट लुम्बिनीको गुल्मी र कर्णाली प्रदेश डोल्पाको चुनावी सभामा सहभागी भएर उपसभापति शर्मा सुदूरपश्चिम पुगेका हुन् ।