३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्र हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै

हिमपातले यातायात सेवा अवरुद्ध भएपछि चार मतदान केन्द्र हेलिकप्टरबाट निर्वाचन समाग्री ओसारिँदै
अ+ अ-

काठमाडाैँ । हुम्लाका चारवटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ ।

नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील सोही गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा निर्वाचनमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिए।

उनका अनुसार यी चारवटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण चारवटा मतदान केन्द्र गरी २० कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी ८० जना गरी १०२ कर्मचारी र मतपत्रलगायतका निर्वाचन सामग्री आज र भोलि गरी दुई दिनमा हेलिकप्टरबाटै ओसार्नेे बताए।

निर्वाचनका लागि ती मतदान केन्द्रमा खटिने कर्मचारी, सुरक्षाकर्मी, मतपत्रलगायत अन्य मतदान सामग्री हेलिकप्टरबाट ढुवानी गर्न निर्वाचन आयोगलाई गरिएको अनुरोध आयोगले सदर गरेको बताए।

उनका अनुसार लिमी जाने दुई नाका नारा र न्यालु लेकको सडकमा हिउँ जमेका कारण बन्द भएकाले आयोगले हेलिकप्टर प्रयोग गर्न लागेको हो । त्यसैगरी, चाला जाने बाटोमा पनि हिउँ जमेर घोडेटो बाटो अवरुद्ध भएकाले सो मतदान केन्द्रमा हेलिकप्टरको व्यवस्था गर्न लागिएको हो । ती मतदान केन्द्रहरू भौगोलिक कारणले जिल्ला सुरक्षा समितिले अतिसंवेदनशील स्थलका रूपमा रहेको औँल्याएको थियो ।

लिमीको सुनखानी प्रावि मतदान केन्द्र हल्जीमा २९३, भृकुटी प्रावि मतदान केन्द्र जाङमा २४७, हिमशिखर प्रावि तीलमा १३२ र हिमालय प्रावि चालामा १५९ मतदाता छन् । हाल यीमध्ये अधिकांश मतदाता जिल्ला बाहिर र चीनको ताग्लाकोटमा रहेकाले उनीहरूलाई लिमी लैजान सडक खुलाउने प्रयास सुरू गरिएको छ ।