५ श्रावण २०८३, मंगलवार
,
Latest
सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल नीतिगत स्पष्टता भएपनि काँग्रेसले समयको नेतृत्व गर्न सकेन : भीष्मराज आङ्देम्बे प्रदेशमा काँग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौँः एमाले नेता तामाङ राजनीतिमा व्याप्त विकृति र जनअसन्तुष्टि सम्बोधन नगरिए विस्फोट हुनसक्छः गगन थापा बितेका १० वर्ष काँग्रेस र राष्ट्रका लागि ‘काला दिन’ थिएः गगन थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णालीमा रास्वपालाई धक्का, प्रदेश महामन्त्री चन्द्रा र सुर्खेतका कार्यवाहक सभापति बस्नेत कांग्रेसमा प्रवेश



अ+ अ-

सुर्खेत । प्रतिनिधि सभा सदस्य निर्वाचन निजिकिँदै गर्दा नेपाली कांग्रेस प्रवेश गर्नेको संख्या बढ्दै गएको छ । विभिन्न पार्टी परित्याग गरेर पुरानो पार्टी कांग्रेसमा प्रवेश गर्नेको संख्या बढ्दै गएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)कर्णाली प्रदेशकी महामन्त्री चन्द्रा बिक र रास्वपा सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेसमा प्रवेश गरेका छन् । उनीहरूसँगै रास्वपाका कार्यकर्ता पनि कांग्रेसमा आएका छन् ।

कांग्रेस केन्द्रीय उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आइतबार बिहान आयोजित एक समारोहमा उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँ व्यक्तिलाई खादा मालाले स्वागत गरे । पछिल्लो समय रास्वपा छाडेर कांग्रेस प्रवेश गर्नेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

रास्वापाले प्राथमिक चुनावमा ५० हजार रुपैयाँ, प्रत्यक्ष निर्वाचनमा २५ हजार रुपियाँ लगेको तर यसको लेखाजोखा प्रदेश र जिल्लाले नदेखाएको महामन्त्री विकको आरोप छ । रास्वपा बनाउँछौ भनेर आएका व्यक्तिलाई आत्मग्लानि भएर पुरानै पार्टीमा फर्कनु परेको उनले जानकारी दिइन् ।

प्रदेशकै महामन्त्रीसँगै प्रदेश राजधानीका कार्यवाहक सभापति कांग्रेस प्रवेश गरेपछि चुनावको मुखमा रास्वपालाई ठूलो धक्का पुगेको छ । शुक्रबार रातिमात्र अग्रज नेता डा पुष्प खरालले रास्वपाबाट राजीनामा दिएका थिए ।




भर्खरै