३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी

रुपन्देहीमा यस्तो छ निर्वाचनको तयारी
अ+ अ-

काठमाडाैँ ।  यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारी रुपन्देहीमा पूरा भएको छ । जिल्ला निर्वाचन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित चारवटै सुरक्षा निकायले आ–आफ्नो जिम्मेवारी अन्तिम चरणमा पुर्याएका छन् ।

निर्वाचनमा खटिने कर्मचारीले निर्वाचन अधिकृतको कार्यालयबाट यसअघि नै नियुक्तिपत्र बुझेको र आजबाट निर्वाचन सामग्री बुझेर मतदान केन्द्रमा पुग्ने मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए।

जिल्लाका निर्वाचन क्षेत्रका मतदान केन्द्रमा पुग्न सहज यातायातको सुविधा भएकाले आज सामग्रीसहित कर्मचारी केन्द्रमा पुग्नेगरी व्यवस्था मिलाइएको उनले बताए । “अब सामान्य छिटफुट कामबाहेक निर्वाचनका सबै तयारी पूरा भयो”, उनले भने, “अहिलेसम्मको अवस्थामा निर्वाचनका लागि सुरक्षालगायत सबै व्यवस्थापन राम्रो भएको छ ।”

यस्तै राजनीतिक दल तथा उम्मेदवारहरूले पनि निर्वाचनलक्षित प्रचारप्रसार कार्यक्रम अब अन्तिम चरणमा पुर्याएका छन् । निर्वाचनको मतदानभन्दा तीन दिनअघि फागुन १८ गते राति १२ः०० बजेदेखि मौन अवधि लागू हुने भएकाले राजनीतिक दल र स्वतन्त्रतर्फका उम्मेदवारहरू यतिबेला मतदाताका घरदैलो पुगेर भेटघाट र आफ्ना एजेन्डा प्रस्तुत गर्दै मत माग्ने अभियानमा सक्रिय छन् । हालसम्म जिल्लामा चुनावी गतिविधि शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ ।

दलहरूबिच आवेश, उत्तेजना वा आचारसंहिताविरुद्धको अवस्था नदेखिएको प्रशासनले जनाएको छ । सामान्य मौखिक उजुरीबाहेक आचारसंहिताको पूर्ण रूपमा पालना गरेको बताइएको छ । मुख्य निर्वाचन अधिकृत बस्नेतले भने, “आचारसंहिता पालनामा जिल्लाका प्रायः सबै निर्वाचन क्षेत्रमा ७० प्रतिशत कायम भएको छ ।”

निर्वाचनलाई शान्तिपूर्ण बनाउन तीन तहको सुरक्षा व्यवस्था मिलाइएको छ । निर्वाचन सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको तीन तहको सुरक्षा घेरा बनाइ परिचालन गरिने छ । सुरक्षाका हिसाबले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रका मतदान केन्द्रको अवस्था सामान्य रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए।

प्रदेश निर्वाचन कार्यालयको तथ्याङ्कअनुसार रुपन्देहीमा लुम्बिनीका १२ जिल्लामध्ये सबैभन्दा धेरै मतदाता छन् । रुपन्देहीमा कुल छ लाख ७२ हजार ५२३ जना मतदाता कायम भएका छन् । जसमध्ये तीन लाख ४६ हजार २०३ पुरूष र तीन लाख २६ हजार ३११ जना महिला मतदाता छन् ।

प्रतिनिधिसभातर्फ रुपन्देहीमा पाँचवटा निर्वाचन क्षेत्र छन् । रुपन्देही क्षेत्र नं १ मा एक लाख ४६ हजार ८२४, २ मा एक लाख ३५ हजार ५०, ३ मा एक लाख ४० हजार ३५, ४ मा एक लाख १६ हजार १७२ र क्षेत्र नं ५ मा एक लाख ३४ हजार ४४२ जना मतदाता छन् । रुपन्देहीमा २०९ मतदानस्थल र ७३२ वटा मतदान केन्द्र छन् । फागुन २० गतेसम्म १८ वर्ष उमेर पुग्ने मतदाताले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा मतदान गर्न पाउने निर्वाचन आयोगले व्यवस्था गरेको छ ।

सीमानाका तीन दिन बन्द हुने

निर्वाचनलाई लक्षित रुपन्देहीका नेपाल–भारत सीमानाका तीन दिन बन्द हुने भएका छन् । रुपन्देही जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेर निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न भारतसँग सीमा जोडिएका जिल्लाका सम्पूर्ण सीमानाका तीन दिन बन्द रहने जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी मेघनाथ पाध्याले जारी गर्नुभएको सूचनामा यही फागुन १८ गते सोमबार राति १२ः०० देखि फागुन २१ गते बिहीबार राति १२ः०० बजेसम्म बन्द रहने जनाइएको छ ।

यसका साथै फागुन २० गते बुधबार राति १२ः०० देखि २१ गते बिहीबार मतदानकार्य सम्पन्न नहुन्जेलसम्म एम्बुलेन्स, दुग्धका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववहान, अस्पताल सेवा तथा विद्युत् सेवाजस्ता अत्यावश्यक सेवा र अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य सवारीसाधन समेत सञ्चालनमा निषेध गरिएको सूचनामा जनाइएको छ ।

यस्तै प्रशासनले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गर्न निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म जिल्लाभर मदिरा बिक्रीवितरण तथा सेवन निषेध गरिएको जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरेको छ ।

होलीलाई मर्यादित बनाउन आग्रह

रुपन्देही जिल्ला प्रशासन कार्यालयले होली/फागु पर्व अनुशासित र मर्यादिन ढङ्गले मनाउन अपिल गरेको छ । प्रशासनले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र होली/फागु पर्व परेकाले निर्वाचनको सुरक्षा संवेदनशीलता तथा निर्वाचन आचारसंहिता परिपालनलाई ध्यानमा राखी होली पर्व मनाउँदा आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरण कायम राख्न आग्रह गरेको छ ।

होली÷फागु पर्वलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढङ्गले मनाउनुका साथै निर्वाचनको सुरक्षा र निर्वाचन आचारसंहिता पालना गर्न/गराउन जिल्ला सुरक्षा समिति, सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक सङ्घसंस्था, नागरिक तथा सरोकारवाला सबैलाई आग्रह गरिएको छ ।

होली पर्व मनाउने क्रममा कसैले पनि कानुनविपरीतका कार्य गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडाभन्दा कडा कारबाही हुने जनाइएको छ । प्रमुख निर्वाचन अधिकृत बस्नेतले यसपटकको होली पर्व सामान्य रूपमा घरमै बसेर मनाउन, कुनै पनि किसिमको साङ्गीतिक कार्यक्रम नगर्नेगरी पर्व मनाउने व्यवस्था मिलाउन सुरक्षा निकायलाई अनुरोध गरिएको बताए ।

छ हजार जनशक्ति परिचालन

जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा चार हजार ३९२ वटा स्थायी र चारवटा अस्थायी मतदान केन्द्र कायम गरेर कर्मचारी जनशक्ति खटाइसकिएको प्रमुख निर्वाचन अधिकृत अशोककुमार बस्नेतले जानकारी दिए। यसका लागि जिल्लामा चार हजार ४१६ कर्मचारी र झन्डै एक हजार ६०० स्वयंसेवक गरी छ हजार बढी जनशक्ति परिचालन भएको जानकारी दिए ।

मतदानको बदर सङ्ख्या घटाउनका लागि जिल्लामा मतदाता शिक्षालाई प्रभावकारी बनाइएको छ । निर्वाचन कार्यालयका कर्मचारीहरू नमूना मतपत्र लिएर वृद्धवृद्धा र शिक्षाको पहुँच कम भएका मतदाताका घरदैलोमा पुगी मतपत्र पट्याउने र मतदान गर्ने तरिका सिकाइरहेका छन् । रूपन्देहीका पाँच निर्वाचन क्षेत्रमा राजनीतिक दलका ६३, स्वतन्त्र ९२ गरी जम्मा १५५ उम्मेदवार अहिले चुनावी मैदानमा छन् ।