३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

निर्वाचन आयोगद्वारा फागुन २१ गते यातायात व्यवस्थित गर्ने निर्णय

निर्वाचन आयोगद्वारा फागुन २१ गते यातायात व्यवस्थित गर्ने निर्णय
अ+ अ-

काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२ अन्तर्गत मतदानको दिन फागुन २१ गते सवारीसाधन सञ्चालनलाई प्रभावकारी, व्यवस्थित तथा अत्यावश्यक सेवामैत्री बनाउन विशेष व्यवस्था गरिएको जनाएको छ।

आयोगले सवारीसाधनको अनुमति सम्बन्धी कार्यविधि, २०८२ को दफा ५ को खण्ड ‘त’, दफा ९ र दफा ११ बमोजिम नेपाल सरकारलाई सिफारिस गर्दै केही अत्यावश्यक सेवासम्बन्धी सवारीसाधनलाई पास आवश्यक नपर्ने व्यवस्था मिलाइएको जानकारी दिएको हो।

आयोगका सहसचिव तथा प्रवक्ता नारायण प्रसाद भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिमा सम्बन्धित प्रयोगकर्ताले मात्र प्रयोग गर्ने र असम्बन्धित यात्रु नबोक्ने सर्तमा निम्न सवारीसाधनलाई पास नचाहिने उल्लेख गरिएको छ।

पास आवश्यक नपर्ने सवारीसाधनहरूमा दमकल, एम्बुलेन्स र शववाहन परेका छन्। साथै खानेपानीका ट्यांकर, दूध, फलफूल, तरकारी, माछा, मासु तथा पेट्रोलियम पदार्थ बोकेका सवारीसाधनलाई पनि छुट दिइएको छ।

दूरसञ्चार, खानेपानी, विद्युत तथा ढल मर्मतका लागि प्रयोग हुने सवारीसाधन, अस्पताल सेवाका सवारीसाधन (चिकित्सक तथा स्वास्थ्यकर्मीको घर–अस्पताल आवतजावतका लागि), अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु ओसारपसार गर्ने सवारीसाधन (विमानस्थल–घर/होटल आवतजावत) लाई समेत पास आवश्यक नपर्ने जनाइएको छ।

त्यसैगरी हिँडडुल गर्न नसक्ने गर्भवती महिला, सुत्केरी, सानो बच्चासहितकी महिला, किरियापुत्री, शारीरिक रूपमा अशक्त वा अपाङ्गता भएका व्यक्ति, अशक्त ज्येष्ठ नागरिक मतदाता तथा उनीहरूको एक जना सहयोगी बोकेका सवारीसाधनलाई पनि सोही व्यवस्था लागू हुने आयोगले जनाएको छ।

नम्बर प्लेटमा ‘सीडी’ उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी पर्यवेक्षक परिचयपत्रवाहकले प्रयोग गर्ने सवारीसाधन (परिचयपत्रमा उल्लेखित स्थानमा मात्र), राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन/पर्यवेक्षणका लागि प्रयोग हुने सवारीसाधन तथा प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनलाई पनि पास नचाहिने व्यवस्था गरिएको छ।

यसैबिच आयोगले निर्वाचन आयोग, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रतिनिधि सम्मिलित एकीकृत सवारीसाधन आवागमन डेस्क निर्वाचन आयोग परिसरमा स्थापना गरिएको जनाएको छ। उक्त डेस्कबाट जिल्ला प्रशासन कार्यालय काठमाडौं, भक्तपुर र ललितपुरबाट जारी हुने सवारी पाससमेत वितरण भइरहेको जानकारी दिइएको छ।

आयोगले मतदानको दिन अत्यावश्यक सेवामा अवरोध नपर्ने गरी सवारीसाधन सञ्चालन गर्न सबै सरोकारवालालाई सहयोगका लागि अनुरोध गरेको छ।