६ श्रावण २०८३, बुधबार
,
Latest
सांसद शाहविरुद्धको पक्राउ पुर्जी कार्यान्वयन नगर्न आदेश महासंघका आठ वटा विषयगत समितिले पाए पूर्णता, सदस्यलाई मनोनयन पत्र हस्तान्तरण वैज्ञानिक उपायहरू समेटिएको स्पष्ट कार्ययोजना तयार गर्न मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन टास्क फोर्सले मन्त्री चौधरीको निर्देशन आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल,आयुर्वेदिक पर्यटन प्रवर्द्धनमा सरकारको जोड बैंकिङ कसुर मुद्दामा शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ कञ्चनपुर भन्सारबाट १३ प्रतिशत राजस्व सङ्कलनमा कमी जनकपुरधाममा छ अर्ब छ करोड ७८ लाख राजस्व सङ्कलन रासायनिक मल आपूर्ति सुदृढ, रक्सौलमा १,२५० मेट्रिक टन डीएपी आइपुग्यो काँग्रेस र प्रजातन्त्रवादीहरूलाई गगन थापासँग सती जान नदिउँ, नयाँ पार्टी निर्माण गरौँः मोहन बस्नेत गणेश नेपाली मृत्यु प्रकरण छानबिन गर्न पूर्वन्यायाधीश बास्तोलाको संयोजकत्वमा न्यायिक समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रिय मुक्तिका उम्मेदवार मण्डलले गरे सप्तरी ३ मा कांग्रेस उम्मेदवारलाई समर्थन



अ+ अ-

राजविराज । सप्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय मुक्ति पार्टीबाट उम्मेदवार बनेका गजेन्द्र मण्डलले नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गरेका छन् ।

मण्डलले कांग्रेसका उम्मेदवार दिनेशकुमार यादवलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।

मण्डलले यादवलाई समर्थन गर्दै उनैका लागि मत माग्ने सहमति दुई पार्टीबीच भएको छ । शनिबार नेपाल पत्रकार महासंघ, सप्तरीमा पत्रकार सम्मेलन गरी यो सहमतिको विषयमा जानकारी गराइएको छ ।

सहमति पत्रमा नेपाली कांग्रेस सप्तरीका सचिव सनत मण्डल र राष्ट्रिय मुक्ति पार्टीका केन्द्रीय सदस्य मनोज चौधरीले हस्ताक्षर गरेका छन् ।

योसँगै सप्तरी ३ मा कांग्रेसका उम्मेदवार यादव बलियो बन्दै गएका छन् । शुक्रबारमात्र रुपनी गाउँपालिकाका पूर्व वडाध्यक्षसहित जसपा नेपालका दर्जनौँ युवा कांग्रेसमा प्रवेश गरेका थिए ।