३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना

मनाङको विद्यालयमा आधुनिक जलवायु मापन केन्द्र स्थापना
अ+ अ-

काठमाडाैँ । हिमाली जिल्ला मनाङको नासोँ गाउँपालिका–५ थोँचेस्थित प्रकाश ज्योति माध्यमिक विद्यालयमा वातावरणीय अध्ययन र वैज्ञानिक अनुसन्धानलाई सुदृढ बनाउने उद्देश्यले आधुनिक जलवायु मापन केन्द्र स्थापना गरिएको छ ।

त्रिभुवन विश्वविद्यालय कीर्तिपुर, काठमाडौँ र लौजान विश्वविद्यालय, स्वीजरल्याण्डको संयुक्त सहकार्यमा रु चार लाखको लागतमा यो केन्द्र स्थापना गरिएको हो । केन्द्रमा वायुको तापक्रम, सापेक्षिक आद्र्रता, वर्षामापक, हावाको गति तथा दिशा मापन गर्ने उपकरण जडान गरिएको छ । त्रिवि मानवशास्त्र केन्द्रीय विभागकी उपप्राध्यापक डा नवीन पौडेल र त्रिविकै जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा विनोद दवाडीको विशेष पहलमा यो केन्द्र स्थापना भएको प्रधानाध्यापक पदमराज पन्थीले जानकारी दिए।

प्रधानाध्यापक पन्थीका अनुसार, “स्थानीय सरकार तथा सम्बन्धित प्राविधिक निकायको सहकार्यमा स्थापना गरिएको यो केन्द्रमार्फत क्षेत्रीयस्तरमै मौसमसम्बन्धी तथ्याङ्क सङ्कलन र विश्लेषण गरिनेछ र शिक्षण–सिकाइमा सहजता ल्याउन सहयोग पुग्नेछ ।” केन्द्रबाट सङ्कलित तथ्याङ्कले दीर्घकालीन जलवायु प्रवृत्ति अध्ययन, मौसम पूर्वानुमान सुदृढीकरण, जलवायु परिवर्तनको प्रभाव विश्लेषण तथा प्राकृतिक विपद् जस्तै बाढीपहिरो र खडेरीको जोखिम मूल्याङ्कनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

नासोँ–५ का वडाध्यक्ष थुतेन लामाकाअनुसार समयमै उपलब्ध हुने वैज्ञानिक तथ्याङ्कले विपद् पूर्वतयारी र जोखिम न्यूनीकरण रणनीति निर्माणमा सहयोग पु¥याउने विश्वास गरिएको छ । केन्द्रले स्थानीय विद्यार्थीलाई व्यावहारिक सिकाइको अवसर प्रदान गर्नेछ । विद्यार्थीले प्रत्यक्ष रूपमा मौसममापन प्रक्रिया, तथ्याङ्क अभिलेखीकरण र विश्लेषण विधि अध्ययन गर्न सक्नेछन् ।

यसले विद्यार्थीमा वैज्ञानिक अनुसन्धानतर्फ अभिरुची वृद्धि गर्ने अपेक्षा गरिएको छ । स्थानीय बासिन्दाले जलवायु मापन केन्द्रको स्थापनालाई क्षेत्रीय विकासको महत्वपूर्ण उपलब्धिको रूपमा मूल्याङ्कन गरेका छन् । वातावरण संरक्षण, कृषि उत्पादन सुधार र दिगो विकासका लागि आवश्यक नीति निर्माणमा केन्द्रबाट प्राप्त तथ्याङ्क प्रभावकारी आधार बन्ने विश्वास गरिएको छ ।