२४ श्रावण २०८३, आईतवार
,
Latest
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन समावेशिता नारामा सिमित नभई राज्यका नीति र स्रोतमा देखिनुपर्छः उपराष्ट्रपति यादव आदिवासी जनजातिको ज्ञान र सीपलाई विकासको मोडल बनाउनुपर्छः कार्यवाहक प्रमुख डंगोल सरकारको नेतृत्व गर्नेबाट नै संविधानका उपलब्धिमाथि प्रश्न उठाउने प्रयास भइरहेको छः भीष्मराज आङ्देम्बे बाँकेको भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो १५ औँ राष्ट्रिय महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैनः सभापति थापा कलाकारितामा हास्य विधा सबैभन्दा चुनौतीपूर्णः राजेश हमाल देउवा–ओलीबीच भएको सहमति कार्यान्वयन गर्न खोज्दा प्रदेशमा प्रतिपक्षविहीन सरकार बनाउने प्रश्ताव आयो, हामीले मानेनौँः गगन… प्राप्त अधिकार संस्थागत गर्दै पुस्तान्तरण गर्नुपर्छ : मन्त्री श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महामन्त्री पौडेलको सन्देशः राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौँ



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसका पक्षमा देशैभरबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको बताएका छन् । शनिबार एक भिडियो सन्देश जारी गर्दै उनले यसले ऊर्जा प्राप्त भएको बताए ।

‘देशभरका साथीहरु र मतदाताले फोन गरेर तपाईंहरुले कांग्रेस रूपान्तरण गर्नुभयो अब देश रूपान्तरण गर्ने प्रक्रियामा अझ उत्साहजनक तरिकाले अगाडि बढ्नुस् भनेको विषयले अझ उत्साही बनाएको छ’, उनले सन्देशमा भनेका छन् ।

महामन्त्री पौडेलले देशैभरका कांग्रेसका कार्यकर्ताहरूलाई मतदातामाझ पुग्न आग्रह गर्दै राजनीतिका तमाम विकृति सफा गर्ने र नयाँ ढंगले अघि बढ्ने विश्वास दिलाएका छन् ।

काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले यहाँका मतदाताबाट समेत स्नेह प्राप्त भएको बताए ।

‘आदरणीय मतदाताज्यूहरूले जसरी स्नेह प्रकट गर्नुभएको छ, त्यसबाट मलाई उर्जा प्राप्त भएको छ, उनले भने ‘म अत्यन्त उत्साही छु ।’