१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा खोजी र शव व्यवस्थापन चुनौतीपूर्णः ‘रेफ्रिजरेटर कन्टेनर’ र विशेष उपकरण अभावः नेपाल… बाढी–पहिरोपछि शव व्यवस्थापन र महामारी नियन्त्रणमा सरकार केन्द्रित, नयाँ निर्देशिका स्वीकृत रसुवा घटना ‘विनाशको लीला’ हो, दुःखद् छः माधव नेपाल कम्युनिस्ट पार्टीले सत्ताभन्दा जनजीविका र वैचारिक संघर्षलाई प्राथमिकता दिनुपर्छः नेता यादव परराष्ट्रमन्त्री खनाल र चिनियाँ विदेशमन्त्री वाङ बीच टेलिफोन वार्ता भोटेकोशी बाढीपीडितको उद्धार तथा राहतमा जुट्न एएनओको अपिल बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,…
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा पुष्पमणि खरालले दिए रास्वपाबाट राजीनामा



अ+ अ-

काठमाडौँ । डा पुष्पमणि खरालले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्चामार्फत रास्वपाबाट राजीनामा दिएको जानकारी गराएका हुन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र साह बालेनले लेखेको पत्रको कारणले गर्दा आफू पार्टीबाट बाहिरिने निर्णय गरेको खरालले जनाएका छन् ।

भारतको सुरक्षा, सेना संख्या घटाउने कुरा, हिन्दू धर्मका लागि कुनै स्थान नरहने भनाई ‘सब ठीक हो जाएगा’भन्ने वक्तव्य, जेन-जी आन्दोलको बेला रवि लामिछाने जेलबाट विजय जुलुससहित बाहिरिनु, रास्वपाको पार्टी डीएनए (पारदर्शिता,जवाफदेहिता,प्राथमिक निर्वाचन) को विनाश लगायतका माथि उल्लेखित सबै कुराहरूलाई जोडेर हेर्दा रास्वपाबाट अलग हुने निर्णयमा पुगेको खरालले लेखेका छन् ।

अत्यन्त निर्दोष र इमानदार मन भएका मानिसहरूको सधैँ सम्मान गर्ने उनले बताएका छन् । आफूलाई महत्वपूर्ण पाठ सिकाउने सबैप्रति आभार व्यक्त गदै उनले नवलपुर २ र सम्पूर्ण नवलपुरबासीप्रति विशेष धन्यवाद दिएका छन् ।

गत जनवरी २५ तारिख (माघ ११ गते) भारतको ७७ औँ स्वतन्त्रता दिवसको अवसर पारेर लामिछाने र बालेनले भारतीय प्रधानमन्त्री मोदीलाई पत्र लेखेका थिए ।




भर्खरै