२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

इलामको माङसेबुङमा जसपा लगायतबाट ६० नेता कार्यकर्ता कांग्रेसमा प्रवेश, बलियो बन्दै आचार्य



अ+ अ-

काठमाडाैँ । इलाममा जनता समाजवादी पार्टी जसपा परित्याग गरी करिब ६० जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । किरात धर्मगुरु आात्मानन्द लिङदेनको क्षेत्र माङसेबुङ गाउँपालिका ५ मा शुक्रबार एक कार्यक्रमका बीच युवा नेता मदन इङ्नामको अगुवाइमा ठूलो संख्यामा जसपासहितका दल त्यागेर कांग्रेस प्रवेश गरेका हुन् ।

यो क्षेत्र इलाम २ मा पर्दछ । नेपाली कांग्रेसका उम्मेदवार भेषराज आचार्य (प्रत्यक्ष), प्रेमिका राना मगर (समानुपातिक) र जिल्ला उपसभापति खगेन्द्र देवानले उनीहरूलाई स्वागत गरेका छन् ।

एकैपटक ठूलो संख्यामा पार्टी प्रवेश गरेपछि माङसेबुङमा कांग्रेस मजबुत भएको छ । साथै भेषराज आचार्यप्रति भरोसा बढेको छ ।

यो क्षेत्रमा २०५६ सालदेखि लगातार एमालेले जित हासिल गरेको भए पनि कुनै विकास नभएको स्थानीयको गुनासो रहँदै आएको छ ।

यही मेसोमा आचार्यले विकासका लागि जस्तोसुकै कदम चाल्न तयार रहेको बताए । उनले जुनसुकै अप्ठेरा भए पनि समुन्नत इलामका लागि आफूले दिलो ज्यान लगाउने भन्दै पाँच वर्षका लागि जिताएर मूल्यांकन गर्ने अवसर दिन पनि आग्रह गरेका छन् ।

उनले आफूप्रति गरेको भरोसालाई तोड्न नदिने बताएका छन् । अलपत्र दमक चिसोपानी सडकलाई आफू निर्वाचित भएपछि कानूनी अल्झन फुकाएर कालोपत्रे गर्ने वचन पनि उनले दिए ।

यसअघिको चुनाव एमाले उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङले जित्दै आएकामा उनको निधनपछि उनकै छोरा सुहाङ नेम्वाङले ०७९ को चुनाव जितेका थिए । यसपालि भने उनलाई मुस्किल पर्ने देखिएको छ ।