५ असार २०८३, शुक्रबार
,
Latest
महोत्तरीका अव्यवस्थित बसोबासी र सुकुमवासीलाइ सेतो पूर्जा दिने झापामा ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु जग्गासम्बन्धी समस्या समाधानका लागि काम भइरहेको छ: मन्त्री रावल राष्ट्रिय सभाबाट सम्पती शुद्धिकरण निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ स्वीकृत तनहुँका दशवटै पालिकामा पूर्णखोप सुनिश्चिताको घोषणा रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक छः सांसद न्यौपाने मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि कृषक समूह महासंघले सरकारलाई दियाे सुझाव पूर्वाधारसम्बन्धी गुनासो समाधान गर्न ‘हेल्लो पूर्वाधार’ सेवा सुरु एक दशककाे कृषि तथा पशुपन्छी अनुदान दुरुपयोग छानबिन गर्न पाँच सदस्यीय कार्यदल गठन जेनजी आन्दोलनसम्बन्धि राष्ट्रिय मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कास्कीमा मतदाता शिक्षा सञ्चालन



अ+ अ-

कास्की। कास्कीमा मतदाता शिक्षा कार्यक्रमलाई निर्वाचन कार्यालयले प्राथमिकताका साथ सञ्चालन गरेको छ ।

आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा सही तरिकाले मतदा गर्न मतदातालाई सिकाउनका लागि गत फागुन ३ गतेदेखि मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले बताउनुभयो ।

उहाँका अनुसार सकेसम्म मत बदर नहोस् भनेर मतदाता शिक्षा स्वयंसेवकमार्फत नमूना मतपत्रका आधारमा पाँच पालिकाका ७२ वडै वडामा फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुनेछ । विसं २०७९ को निर्वाचनमा कास्कीमा पाँच प्रतिशत मत बदर भएको थियो । त्यस बेला प्रतिनिधिसभा सदस्य लागि एक लाख ७८ हजार आठ सय छ मत खसेकामा सदर मत एक लाख ७० हजार तीन सय ४४ र बदर मत आठ हजार चार सय ६४ रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतपत्रमा सही स्थानमा छाप नलगाउने, मतपत्र गलत तरिकाले पट्याउने, छाप लगाउँदा चुनाव चिह्नभन्दा बाहिर लगाउने लगायतका कारणले मत बदर हुने गरेको छ । सूचना अधिकारी न्यौपानेले भन्नुभयो, “विगतका निर्वाचलाई हेर्दा यहाँ बदर मतको प्रतिशत समेत बढीनै छ । निर्वाचन कार्यालयले मत बदर हुन नदिनका लागि मतदाता शिक्षामा जोड दिएको छ । सबै वडामा शिक्षा कार्यक्रम भइरहेको छ । मत कसरी हाल्ने भनेर नमूना मतपत्रका आधारमा सिकाइरहेका छौँ । ”

प्रतिनिधिसभाका तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा निर्वाचनका लागि दुई हजार एक सय ९० जना कर्मचारी खटिएका छन् । कर्मचारीहरुलाई शुक्रबार भोली शनिबार नियुक्ति पत्र वितरण गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कास्कीमा एक सय ५३ मतदानस्थल र तीन सय ६३ मतदान केन्द्र रहेका छन् । यसैगरी दुई वटा अस्थायी मतदान केन्द्र गरी कूल तीन सय ६५ मतदान केन्द्रमा दुई हजार एक सय ९० कर्मचारी खटिनेछन् ।

यसैगरी मतदान अधिकृतले मतदान केन्द्रमा चुनावका दिनका लागि तीन जना स्वयंसेवक नियुक्त गर्न सक्ने व्यवस्था छ । निर्वाचन कार्यालयका अनुसार कारागारका कैदीबन्दीका लागि कारागारमा मतदान केन्द्र तोकिएको छ । यसैगरी मतदानमा नखटिने कर्मचारीका लागि जिल्ला समन्वय समितिमा रहने मतदान केन्द्रमा कर्मचारीले समानुपातिकतर्फ मत दिनेछन् ।

जिल्लामा विभिन्न १८ राजनीतिक दल तथा स्वतन्त्र ४४ पुरुष र पाँच महिला गरी ४९ जना उम्मेदवार मैदानमा छन् । यसैगरी मतदाता संख्या तीन लाख आठ हजार पाँच सय ७२ जना रहेको छ । विसं २०७९ को निर्वाचनमा कूल दुई लाख ९१ हजार पाँच सय ६८ मतदाता रहेका थिए । रासस