२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फागुन १८ गते खुलामञ्चमा प्रधानमन्त्रीका उम्मेदवारबीच बहस गरौँ – कांग्रेस



अ+ अ-

पोखरा । नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनपछि बन्ने सरकारमा प्रधानमन्त्री घोषणा गरिएकाहरूबीच फागुन १८ गते काठमाडौँको खुलामञ्चमा बहसको प्रस्ताव गरेको छ ।

कांग्रेसले फागु पूर्णिमाका दिन सँगै होली खेल्न र निर्वाचनपछि बन्ने संसद्को ५ वर्षे कार्यकालमा गर्नुपर्ने कामका एजेन्डामा बहस गर्ने प्रस्ताव गरेको हो ।

कांग्रेसले शुक्रबार कास्कीको पोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति विश्वप्रकाश शर्माले त्यस्तो प्रस्ताव गरेका हुन् ।

‘फागुन १८ गते होली छ । त्यो होलीमा प्रधानमन्त्रीका उम्मेदवारबिच खुला मञ्चमा सार्वजनिक बहस गरौँ,’ उपसभापति शर्माले सोधे, ‘सँगै होली खेलौँ । यो कांग्रेसको प्रस्ताव छ । अरू दल राजी हुनुहुन्छ ?’

उपसभापति शर्माले सम्बोधनका क्रममा आफ्नो पार्टीले देशलाई बदल्न चाहेको बताए । उनले चुनावीमा मैदानमा प्रतिस्पर्धामा रहेका कुनै पनि दललाई दुश्मनीको रूपमा लिन नहुनेसमेत बताए ।

निर्वाचनपछि सबै दलहरूले सत्ता पक्ष र प्रतिपक्षमा रहेर मिलेर देशका लागि काम गर्नुपर्ने भएकाले उनीहरूले निर्वाचनको मैदानमा दुश्मनको व्यवहार गर्न नहुने उनको भनाइ थियो ।

उपसभापति शर्माले मुलुकलाई निकास दिने विषयलाई निर्वाचनको बेला बहस विषय बनाउनुपर्नेमा पनि जोड दिए । उनले भने, ‘हामी देशलाई बदल्न चाहन्छौँ । त्यसकारण सबभन्दा पहिले राजनीतिलाई बदलौँ । नेपाली कांग्रेस पार्टीले संकल्प गरेको छ-हामी राजनीतिलाई बदल्न चाहन्छौँ । राजनीतिको शैली बदल्न चाहन्छौँ । संस्कारलाई बदल्न चाहन्छौँ । राजनीतिको यो चुनावको मैदानमा हाम्रो लागि कोही पनि दुश्मन छैनन् । आज हामी जो प्रतिस्पर्धा छौँ। यी दलहरू भोलि सत्ता र प्रतिपक्षमा सँगसँगै रहेर काम गर्नुछ । त्यसकारण दलहरूको मञ्चबाट त्यसैले दलहरुको मञ्चबाट गाली होइन, प्रेमलाई संप्रेषण गरौँ । निर्वाचनको मैदान दुश्मनीको अखडा होइन । निर्वाचनको मैदान व्यक्तित्व र प्रतिष्पर्धाको महायज्ञ हो ।’

उपसभापति शर्माले निर्वाचनको मञ्चलाई गोली गर्ने अवसरको रुपमा लिने काम पनि गर्न नहुने बताए ।