३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

नवयुवा र आममतदातालाई पार्टीको सङ्कल्प बुझाउने गरी क्रियाशील हुन कांग्रेस सभापति थापाको आग्रह

नवयुवा र आममतदातालाई पार्टीको सङ्कल्प बुझाउने गरी क्रियाशील हुन कांग्रेस सभापति थापाको आग्रह
अ+ अ-

काठमाडाैँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सबै मतदाताका कुरा सुन्न पार्टीका उम्मेदवार र कार्यकर्तालाई आग्रह गरेका छन् ।

आज बुटवलमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले विशेष गरी पार्टीका नेता कार्यकर्ताहरूसँग रिसाएका नवयुवाका कुरा गम्भीरतापूर्वक सुन्न आग्रह गरे ।

सभापति थापाले भने, “नवयुवा रिसाएका छन्, उनीहरूसँग राम्रोसँग छलफल गर्नुस् । कांग्रेस विशेष महाधिवेशनबाट विगतका सबै राम्रा कुरालाई बोक्ने र खराब कुरालाई छोड्ने नयाँ सङ्कल्प गरेर आएको कुरा आममतदाता र नवयुवालाई बताउनुस् ।”

उनले पार्टीले पाँच वर्षभित्र परिणाम दिने सङ्कल्प मात्र होइन, एउटा प्रतिज्ञा गरेर आएकाले त्यसअनुसार देशलाई सम्हालेर अगाडि बढ्ने धारणा राखे । सभापति थापाले देशभित्रका समस्या मात्रै नभई भूराजनीतिक संवेदनशीलतालाई पनि केन्द्रमा राखेर देशभित्र र बाहिर सबैलाई मिलाएर लैजान कांग्रेसको जित आवश्यक रहेको बताए ।

“हामी अबको पाँच वर्ष खेर जान दिने छैनौँ । त्यसका लागि म असल बाँकी रहेका सबै खराब भन्ने मनोवृत्तिबाट बाहिर आउनुपर्छ । देशलाई फेरि अर्को द्वन्द्वमा लिएर जाने गरी कसैले पनि सोच्नु हुँदैन । त्यस्तो सोचबारे सजग हुनुपर्छ”, उनले भने ।

सभापति थापाले कांग्रेसले प्रतिज्ञापत्रमा लेखिएका विषयमा काम गर्न संविधान संशोधन आवश्यक रहेको र त्यसका लागि सबैको सहमति लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे। “संविधान संशोधन गर्न प्रतिनिधिसभा मात्र भएर हुँदैन, राष्ट्रियसभा पनि चाहिन्छ”, उनले भने, “त्यो संविधान संशोधन गर्न एमाले, माओवादी, रास्वपा, अन्य नयाँ पार्टी सबैको सहमति चाहिन्छ, अनि म एक्लै चलाउँछु, एक्लै गर्छुभन्दा देश दुर्घटनामा जानसक्छ । एक्लै गर्न सकिन्छ भन्ने भ्रमबाट मुक्त हुनुपर्छ ।”

कांग्रेसले रूपन्देहीका तीनवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरूको उपस्थितिमा बुटवलमा चुनावीसभा आयोजना गरेको हो । सभामा पार्टी उपसभापति पुष्पा भुसालसँगै कांग्रेस नेता बालकृष्ण खाँणलगायत नेता पनि उपस्थिति थिए।