३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?

मतदानका दिन सवारी साधन नियमनः कसलाई पास चाहिन्छ, कसलाई चाहिँदैन ?
अ+ अ-

काठमाडाैँ । निर्वाचन आयोगले मतदानको दिनलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधनको आवागमन र नियमन सम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीकाअनुसार मतदानका दिन अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक लगाइनेछ । विशिष्ट परिस्थिति र सेवाका लागि सवारी पासको व्यवस्था गरिएको छ ।

शुक्रवारदेखि नै आयोगले यस्ता पासहरूको वितरण प्रक्रिया सुरू गरिसकेको छ । उनकाअनुसार आयोगले सवारी साधनलाई दुई मुख्य श्रेणीमा वर्गीकरण गरेको छ । पहिलो श्रेणीमा त्यस्ता सवारी साधनहरू छन्, जसले अनिवार्य रूपमा सवारी पास लिनुपर्ने हुन्छ । यस अन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पर्दछन् । कार्यविधिको दफा ५ मा उल्लेख भए बमोजिम प्रत्यक्षतर्फका उम्मेदवार र निजका प्रतिनिधिले आयोग वा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त गर्नुपर्नेछ ।

यसैगरी, निर्वाचनको पर्यवेक्षणका लागि अनुमति प्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू, कुटनीतिक नियोगका सवारी साधनहरू र सञ्चारकर्मीहरूले पनि अनिवार्य रूपमा पास लिनुपर्ने व्यवस्था गरिएको छ । संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रिय सूचना आयोगका प्रतिनिधिहरू र विशिष्ट व्यक्तिहरूका लागि पनि आयोगले जारी गरेको पासकै आधारमा मात्र आवतजावतको अनुमति दिइने सहायक प्रवक्ता जिसीले जानकारी दिए।

पास नचाहिने अत्यावश्यक सेवाहरू

केही यस्ता सेवाहरू छन् जसलाई मानवीय र प्राविधिक संवेदनशीलताका कारण सवारी पासको अनिवार्यताबाट मुक्त राखिएको छ । एम्बुलेन्स, शव वाहन, दमकल र अस्पतालका सवारी साधनहरू स्वतः स्फुर्त रूपमा चल्न पाउनेछन् । यस्ता साधनहरूलाई कुनैपनि अवरोध बिना निर्वाध सञ्चालनको वातावरण मिलाउन सुरक्षाकर्मीहरूलाई निर्देशन दिइएको प्रवक्ता जिसीको भनाइ छ ।

यसका अतिरिक्त खानेपानीका ट्याङ्कर, दुध ढुवानी गर्ने सवारी साधन, विद्युत सेवा, दूरसञ्चार र सूचना सञ्चारसँग सम्बन्धित साधनहरूलाई पनि पासको आवश्यकता पर्नेछैन । डाटा सेन्टरहरू सञ्चालन गर्ने र अन्य प्राविधिक सेवामा खटिएका सवारी साधनहरूलाई पनि अरू बेला जस्तै निर्वाध रूपमा चल्न दिइनेछ । सहायक प्रवक्ता जिसीकाअनुसार यस्ता सेवाहरू समाजको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएकाले निर्वाचनको समयमा पनि यिनलाई रोक्न नहुने आयोगको ठहर छ ।

ज्येष्ठ नागरिक र अशक्तलाई विशेष प्राथमिकता

निर्वाचन आयोगले यस पटकको मतदानमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र अशक्त मतदाताहरूलाई विशेष प्राथमिकतामा राखेको छ । मतदान केन्द्रसम्म पुग्न कठिनाइ हुने यस्ता मतदाताहरूका लागि आयोगले सहजीकरणको विशेष व्यवस्था गरेको छ । मतदानका दिन यस्ता व्यक्तिहरूलाई मतदान केन्द्रसम्म पु¥याउन र फर्काउनका लागि सुरक्षाकर्मी र स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक सुविधा उपलब्ध गराइनेछ ।

आयोगले मतदान केन्द्रहरूलाई पनि अपाङ्गतामैत्री बनाउने प्रयास गरेको सहायक प्रवक्ता जिसीले बताउनु भयो । अशक्त मतदाताहरूले सुरक्षाकर्मीसँगको समन्वयमा सवारी साधनको प्रयोग गरी मतदान केन्द्रको नजिकसम्म पुग्न सक्नेछन् । यसले गर्दा कोही पनि नागरिक आफ्नो मताधिकार प्रयोग गर्नबाट वञ्चित नहुने विश्वास आयोगले लिएको छ ।

कार्यविधि र कानूनी प्रावधानको स्पष्टता
सवारी आवागमन सम्बन्धी यो व्यवस्था निर्वाचन आयोगको कार्यविधिको परिच्छेद ३ मा स्पष्ट रूपमा उल्लेख गरिएको छ । दफा ३ सम्मका व्यवस्थाहरू निर्वाचन प्रचारप्रसारको समयमा लागू हुने नियमहरू हुन् भने दफा ४, ५ र ६ मा मतदानको दिनको सवारी आवागमन सम्बन्धी कडा प्रावधानहरू राखिएका छन् । मतदानको दिन सार्वजनिक सवारी साधनहरू पूर्ण रूपमा बन्द रहनेछन् ।

सहायक प्रवक्ता जिसीकाअनुसार यो कार्यविधि विगतका अनुभव र सरोकारवालाहरूसँगको व्यापक छलफलपछि तयार पारिएको हो ।‘हरेक कानून बन्दाखेरि कि समस्या आउनुपर्छ कि कतैबाट माग हुनुपर्छ । समाजले महशुस नगरेको विषयवस्तुमा सामान्यता कानून बन्दैन,’ उनले भने ।
कार्यविधिमा सबै कुरा परिकल्पना नगरिएको भएपनि व्यवहारिक समस्याहरूलाई सुरक्षाकर्मी र स्थानीय प्रशासनको समन्वयमा समाधान गरिने उनको भनाइ छ ।

आपतकालीन अवस्था र सुरक्षा समन्वय

यदि मतदानको दिन कसैलाई अचानक अस्पताल जानुपर्ने वा अन्य कुनै गम्भीर आपतकालीन अवस्था आइपरेमा सुरक्षाकर्मीहरूसँग समन्वय गरेर सुविधा लिन सकिनेछ । कार्यविधिले परिकल्पना नगरेका तर व्यवहारमा आइपर्ने यस्ता मानवीय समस्याहरूलाई प्राथमिकताका साथ सम्बोधन गरिने आयोगले जनाएको छ । फागुन २० गते मध्यरातिदेखि मतदान सम्पन्न नभएसम्म देशभरका सार्वजनिक सवारी साधनहरू बन्द रहने भएकाले सर्वसाधारणलाई सोहीअनुसार आफ्नो योजना बनाउन समेत आयोगले आग्रह गरेको छ ।