३१ जेष्ठ २०८३, आईतवार
,
Latest
लोक सेवा परीक्षामा मात्रै १०-२० वर्ष जीवन खेर फाल्नु उपयुक्त होइन : अध्यक्ष रेग्मी वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

साताको पहिलो दिन नेप्से दोहोरो अङ्कले वृद्धि



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १६.०९ विन्दुले बढेर एक हजार १८२.३१ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ३.५१ विन्दुले बढेर २५५.६९ मा पुगेको छ । नेप्सेको छलाङसँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता शेयर रु ७१ करोड २४ लाख २५ हजार ८२७ मूल्यमा खरीद बिक्री भए ।

कारोबार भएका कूल १२ उपसमूहको नै शेयर बढेको छ । बैंकिङ १६।७४, व्यापार ६.३५, होटल १०.६४, विकास बैंक १९.३६, जलविद्युत् ८.६७, वित्त ३.८६, निर्जीवन बीमा ५९.२९, उतपादन २.३९, अन्य २.७७, लघुवित्त ४०.२४, जीवन बीमा ८३.६८ र सामूहिक लगानी कोष ०.०१ विन्दुले बढेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु पाँच करोड ६२ लाख २७ हजार ३८४ बराबरको कारोबार भयो । यस्तै, एनआइसी एशियाको रु चार करोड ३४ लाख ४१ हजार १२८, गरिमा विकास लघुवित्त वित्तीय संस्थाको रु चार करोड २१ लख ५३ हजार ४५३, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु तीन करोड पाँच लाख ४६ हजार ६६६, हिमालयन डिस्टिलरीको रु दुई करोड ५० लाख १८ हजार ५१८, नागरिक लगानी कोषको रु दुई करोड ३२ लाख ३७ हजार ३७९ र डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु एक करोड ९१ लाख २५ हजारमा कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार आज बोमी माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ९.९३ प्रतिशतले कमाए । गरिमा विकास लघुवित्त वित्तीय संस्था ९.५४, श्रीराम सुगर मिल ७.६९, सप्तकोशी डेभलपमेन्ट बैंक ७.३८, कञ्चन डेभलपमेन्ट बैंक ७.१८, सिनर्जी पावर ६.७४ र सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ६.६० प्रतिशतले कमाए ।

यस्तै, नेपाल फाइनान्स ५.६३, कर्पोरेट डेभलपमेन्ट बैंक ५.१२, पञ्चकन्या माई हाइड्रोपावर ३.४४, सिद्धार्थ इक्विटी फण्ड २.७७, नेपाल इन्भेस्टमेन्ट बैंकको संस्थापक शेयर २.१३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले २ प्रतिशतले गुमाए ।