३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

सिंहदरबार सुनसान, चुनावी चहलपहल गाउँ–गाउँमा तिव्र

सिंहदरबार सुनसान, चुनावी चहलपहल गाउँ–गाउँमा तिव्र
अ+ अ-

काठमाडाैँ । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार यतिबेला सुनसान छ । प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै गएपछि मन्त्री, सांसद र राजनीतिक दलका शिर्ष नेताहरू निर्वाचन प्रयोजनका लागि आ–आफ्नो जिल्ला र निर्वाचन क्षेत्रमा फर्किएसँगै सिंहदरबारको चहलपहल घटेको हो ।

निर्वाचन आउन अब मात्र ५ दिन बाँकी छ । आगामी निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेताहरू यतिबेला घरदैलो अभियान र चुनावी सभाहरूमा व्यस्त छन् । काठमाडौंका ठूला होटलदेखि चिया पसलसम्म चुनावी चर्चा चुलिएको भएपनि नीति निर्माणको थलो सिंहदरबार भने कर्मचारीहरूको नियमित उपस्थितिमा मात्र सिमित भएको छ । सिंहदरबारभित्रका विभिन्न मन्त्रालयहरूमा सर्वसाधारणको उपस्थिति नगन्य छ ।

मन्त्रीहरू पनि चुनावी सुरक्षा लगायतका प्रवन्ध र व्यवस्थापनको सुनिश्चितताका लागि विभिन्न जिल्लामा पुगेका छन् । यसले मन्त्रालयका दैनिक कार्यसम्पादनमा समेत केही सुस्तता देखिएको छ ।

गाउँ–गाउँमा चुनावी रौनक बढिरहँदा सिंहदरबारको यो मौनताले निर्वाचनको संवेदनशीलता र शक्ति विकेन्द्रीकरणको अभ्यासलाई पनि सङ्केत गरेको छ । अबको केही दिनमा हुने मतदानले सिंहदरबारमा नयाँ अनुहारहरू भित्र्याउनेछ वा पुरानाकै निरन्तरता हुनेछ । त्यो भने आम मतदाताको हातमा छ ।