९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा निर्वाचनका लागि १६५ क्षेत्रका २ लाख २१ हजार कर्मचारी खटिने



अ+ अ-

काठमाडाैँ । यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमा दुई लाख २१ हजार कर्मचारी खटिने भएका छन्।

निर्वाचन आयोगका अनुसार, ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका २३ हजार ११२ स्थायी मतदान केन्द्र र समानुपातिक मतको लागि मात्र सञ्चालन हुने १४३ अस्थायी केन्द्रमा कर्मचारी खटाइने व्यवस्था गरिएको छ। सहायक प्रवक्ता प्रकाश न्यौपानेका अनुसार पाँच सयभन्दा बढी मतदाता भएका केन्द्रमा नौ जना र ५०० भन्दा कम मतदाता भएका केन्द्रमा आठ जना कर्मचारी खटाइनेछ।

मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएकोपछि, केन्द्रमा खटिने अन्य कर्मचारीलाई मतदान अधिकृतले नै प्रशिक्षण दिने व्यवस्था गरिएको छ।

निर्वाचन आयोगले बिहीबार देशभरका १६५ निर्वाचन क्षेत्रमा आवश्यक निर्वाचन सामग्री र मतपत्र वितरण भइसकेको जानकारी पनि दिएको छ।