३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौँ–५ मा युवाको नयाँ आशा: सस्मित पोखरेलको परिवर्तन यात्रा

काठमाडौँ–५ मा युवाको नयाँ आशा: सस्मित पोखरेलको परिवर्तन यात्रा
अ+ अ-

आर्जु लोहनी

काठमाडाैँ । देशमा सामान्य अवस्था हुन्थ्यो भने यतिबेला प्रतिनिधि सभामा आरोप प्रत्यारोपका चर्का र कर्कस आवाज सुनिरहन्थ्ये  वा संसदको हिउँदे अधिवेशन (बिदा) भएर जनताको करबाट तलब खाने सांसदहरू छोराछोरी भेट्न विदेश भ्रमणमा निस्केका हुन्थ्ये ।

तर २०८२ भदौ २३ र २४ गतेको जेन्जी आन्दोलन पछि देशको अवस्था सामान्य छैन । नेताहरूले भ्रष्टाचार गरेर अकुत सम्पत्ति आर्जन गरेको र त्यसलाई आफ्ना छोराछोरीको फजुल खर्च मा प्रयोग र विभिन्न सरकारी निकायमा नाता गोतालाई नियुक्ति दिएको (नेपोटिजम) विरोधमा आन्दोलन भएको थियो ।

जेनजी आन्दोलनकै कारण संसद विघटन भएर गठन भएको सुशीला कार्की नेतृत्वको नागरिक सरकारले २०८२ फागुन २१ मा निर्वाचनको मिति तोकेको छ । यतिबेला नेपालमा सकिँदो जाडोसँगै चुनावी सर्गमी बढेको छ । देश निर्वाचनको संघारमा छ ।

पुराना दलको नेतृत्वबाट आजित भएका आम नागरिक नयाँ विकल्पको खोजिमा छन् । अर्थात् पढेलेखेका युवाको हातमा देश हुनुपर्छ भन्ने आवाज गाउँका बस्तीदेखि शहरका अपार्टमेन्टसम्म फैलिएको छ ।

अझ खुसीको कुरा “संघीय सांसदले विकास निर्माणका काम गर्ने होइन नीति निर्माण गरेर त्यसलाई कार्यान्वयनका लागि खबरदारी गर्ने हो“ भन्ने विषय प्रभावकारी रूपमा उठिरहेको छ । यस अघि सांसदको काम आफ्नो निर्वाचन क्षेत्रमा बजेट राख्ने र यति/उति काम गरेँ भनेर देखाउने थियो । तर अहिले संविधान अनुरुप सांसदहरूले काम गर्नुपर्छ भन्ने प्रष्ट विचार सार्वजनिक भइरहेका छन् । यो पनि जेन्जी आन्दोलन पछिको सकारात्मक परिवर्तन हो ।

यसै सिलसिलामा अन्य राजनीतिक दलसँगै जेन्जी पुस्ताले भरोसा गरेको र नयाँ आसा लिएर आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनावी मैदानमा छ । जसले पुराना दल र तिनीहरुका नेतालाई कडा चुनौती दिने माहोल बनेको छ ।

यसैक्रममा रास्वपाबाट सांसद पदका लागि काठमाडौं क्षेत्र नम्बर–५ का उम्मेदवार सस्मित पोखरेल प्रति मतदाताको चासो बढिरहेको छ । पोखरेल नेपाली राजनीतिमा त्यति धेरै सुनिएका नाम होइनन्, तर उनको विगत नियाल्ने हो भने उनी नेपाली राजनीति भन्दा पर पनि छैनन् । काठमाडौंका स्थायी बासिन्दा उनी कानूनका विद्यार्थी हुन् । २०५२ साल फागुन १ गते जन्मेका पोखरेलले बाल्यकालको शिक्षा (कक्षा १२ सम्म) अमेरिकाबाट पुरा गरेका हुन् । त्यसपछि ’काठमाण्डौं युनिभर्सिटी स्कुल अफ ल’ बाट कानून (बिएएलएलबी) मा स्नातक गरेर हाल त्रिभुवन विश्वविद्यालयमा स्नातक गरिरहेका छन् ।

नेपालमा मात्र होइन, उनी अमेरिकामा हुँदा पनि नेपालको दुःखमा मलमपट्टी लगाउने कार्यमा सधैँ अग्र स्थानमा रहेर खटिरहन्थे । २०७२ वैशाखको विनाशकारी भुकम्प पछि ’अर्थक्वीक फण्ड’ संकलन तथा व्यवस्थापन टोलीमा संलग्न रहेर काम गरेको समेत उनीसँग अनुभव छ ।

२० हजार विद्यार्थीलाई छात्रवृत्ति दिलाउने सस्मित

पोखरेलले काठमाडौं महानगरपालिकाका पूर्व प्रमुख बालेन्द्र शाहको कोर टिममा बसेर पनि काम गरिसकेका छन् । प्रर्व प्रमुख शाह काठमाडौं महानगरपालिकाको मेयर भएपछि महानगर भित्र १२ कक्षासम्म पढाउने निजी विद्यालयमा गरिब, विपन्न र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको कुरा धेरैलाई मन परेको छ । वास्तवमा महानगर भित्र कानूनसंवत् उक्त छात्रवृत्ति दिलाउनु पर्छ भनेर योजना अघि सार्ने व्यक्ति नै सस्मित पोखरेल हुन् ।

उनी बालेनको शिक्षा क्षेत्र हेर्ने सहायक विज्ञका रूपमा महानगर भित्र काम गर्दै थिए । उक्त छात्रवृत्तिबाट २० हजार बढी बालबालिकाले निशुल्क गुणस्तरीय शिक्षा लिन पाएका छन् । यहि सन्दर्भबाट प्रष्ट हुन्छ, कानून बुझेको र स्वार्थ समुह अघिपछि नलाएको मान्छेबाट कसरी काम गर्न सकिन्छ ? भनेर ।

शिक्षा क्षेत्रका विकृति र विसङगती पोखरेलले नजिकबाट नियालेका छन् । कानुनको विद्यार्थी साथसाथै समस्या र समाधान दुवै आफुलाई थाहा भएको कारण पनि राष्ट्रिय राजनीतिमा होमिएको उनी सम्झिन्छन् । महानगर जस्तो सिमित ठाउँमा बसेर पनि यत्ति धेरै जनता लाभान्वित हुने काम गर्न सक्ने सस्मितले संघीय सांसद बनेर काम गर्न पाए भने नेपालको शिक्षा प्रणालीमा कस्तो सुधार गर्लान् ? काठमाडौं–५ का मतदाताले पक्कै मनन गर्ने छन् ।

उनी पुराना पार्टीका अन्य उम्मेदवार जस्तो विद्यार्थी राजनीतिमा खारिएका पनि छैनन्, माइक अगाडि बसेर त्यति मीठो भाषण पनि गर्न नसक्लान्, तर, एउटा सांसदको काम, कर्तव्य र अधिकार के–कति छ ? भनेर उनी प्रष्ट छन् ।

उनको राजनीतिक यात्रा ’विवेकशील अभियान’ बाट सुरु भएको हो । वैकल्पिक राजनीति र युवाको सक्रिय सहभागिताको पक्षमा उभिदै उनी विवेकशील साझा युवा संगठनका नेता बने । त्यसैक्रममा उनले विवेकशील साझा पार्टीको केन्द्रिय समिती सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । हाल सस्मित पोखरेल रास्वपाको केन्द्रिय सदस्य एवं सह–प्रवक्ता हुन् ।

त्यसो त २०७९ को प्रदेश सभा निर्वाचनमा काठमाडौं–५(क) बाट चुनाव लडे यद्यपि निर्वाचनमा पराजित हुनुपर्‍यो । तर, जनप्रतिनिधि हुन नपाए पनि उनले काठमाडौं महानगरको शिक्षा सल्लाहकारको हैसियतमा पोखरेलले महानगरको वार्षिक नीति, योजना, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा उनले समन्वय र नेतृत्वदायी भूमिका निभाए । महानगरका पुराना कानून परिमार्जन तथा नयाँ कानूनी संरचना तर्जुमा र विकासमा पनि उनी सक्रिय रहे ।

कार्यन्वयनको तहमा पोखरेलको भूमिका अझै देखिने खालको रह्यो । उनले महानगरपालिकाका गौरव तथा स्वर्णिम योजनाहरूको तर्जुमा, बजेट व्यवस्था, अनुगमन र पृष्ठपोषणसम्म भूमिका निभाइसकेका छन् । विद्यालय, विद्यार्थी र अभिभावकसँगको समन्वयमा कक्षा १ देखि १२ सम्म करिब २० हजार विद्यार्थीलाई छात्रवृत्ति कानुनसम्मत रूपमा वितरण गराउन उनले नेतृत्व गरे ।

सामुदायिक शिक्षालाई प्राथमिकतामा राख्दै उनले काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयमा गर्ने लगानी उल्लेखनीय रूपमा बढाउन योगदान दिए । जसअन्तर्गत वार्षिक करिब ३.५ अर्ब रुपैयाँ बजेट व्यवस्था भयो । सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्डको व्यवस्था, विद्यालय गुरुयोजना निर्माणमा कानूनी तथा भिजनरी भूमिका, ‘बुक फ्री फ्राइडे’ कार्यक्रमको सुरुवात र निरन्तरता पनि उनको कार्यकालसँग जोडिन्छ ।

सामुदायिक विद्यालयको भौतिक सौन्दर्यीकरण, आईसीटी–मैत्री विद्यालय विकास, सबै सामुदायिक विद्यालयमा बालविकास कक्षाकोठा सुधार, दिवा खाजा कार्यक्रमका लागि उल्लेखनीय बजेट निकासा तथा शिक्षकहरूका लागि आधुनिक तालिमको सुरुवात गर्दै उनले शैक्षिक सुशासन र पारदर्शिता कायम गर्ने प्रयास गरे ।

त्यस्तै काठमाडौँ–५ मा पर्ने हाडीगाँउलाई शनिबार ’नो–भेइकल जोन’ जस्ता ’इनिसिएटिभ’मा काम गरे । जसको सर्वत्र प्रशंसा भइ रहेको छ । हाल त्यहाँ नेवार समुदायका परिकारको हाटबजार नै लाग्छ । त्यस्तै बालबालिकाले निर्धक्कसँग खुल्ला सडकमा शनिबार खेल्दै रमाउन पाइरहेका छन् । विगत तीन वर्षदेखि निरन्तर रूपमा काठमाडौँ महानगरपालिकाको शैक्षिक उन्नयन, विकास, अनुसन्धान र सकारात्मक परिवर्तनका लागि सक्रिय रहेका पोखरेल यही अनुभवलाई राष्ट्रिय तहमा विस्तार गर्ने उद्देश्यसहित अहिले संसद् प्रवेशको प्रयासमा छन् ।

विवेकशील अभियानबाट सुरु भएको राजनीतिक यात्रा, बालेन शाहको नेतृत्वमा स्थानीय सरकारको अनुभव र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य तथा सह–प्रवक्ता को भूमिकासँगै सस्मित पोखरेल आफूलाई परिवर्तनको प्रतिनिधि नेताका रूपमा प्रस्तुत गर्दै काठमाडौँ–५ मा बलियो चुनौती दिइरहेका छन् ।