९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुकुम पश्चिमलाई देशकै नमूना बनाउने शर्माको उद्घोष:‘आँखा’ चिन्हमा मतदान गर्न आह्वान



अ+ अ-

काठमाडाैँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता तथा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार जनार्दन शर्माले जिल्लालाई विकास, सुशासन र समृद्धिको राष्ट्रिय नमूना बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

शुक्रवार बिहान, उज्यालो नेपाल पार्टीका उम्मेदवार नरेन्द्र केसीले पत्रकार सम्मेलनमार्फत शर्मालाई समर्थन गर्ने घोषणा गर्नुभएको हो। केसीले आफ्नो उम्मेदवारी निष्क्रिय गर्दै रुकुमको समग्र विकासमा टेवा पुग्ने उद्देश्यका साथ यो निर्णय लिनुभएको बताउनुभयो। उहाँले शर्मालाई साझा उम्मेदवारको रूपमा समर्थन गर्न अन्य साना दल र स्वतन्त्र उम्मेदवारहरूलाई पनि आह्वान गरे।

नेता शर्माले आफ्नो चुनावी एजेण्डा प्रष्ट पार्दै रुकुमलाई गरिबी र बेरोजगारीबाट मुक्त गर्ने संकल्प दोहो¥याए । उनले आम मतदातालाई विकास र समृद्धिको पक्षमा उभिन आग्रह गर्दै भने, “मैले रुकुमलाई देशकै मोडल जिल्ला बनाउने दृष्टिकोण राखेको छु। हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो। सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्ज्वल बनाउनु नै मेरो मुख्य लक्ष्य हो। आगामी निर्वाचनमा ‘आँखा’ चिन्हमा मतदान गर्न म सम्पूर्ण मतदाता महानुभावहरूमा हार्दिक आह्वान गर्दछु।”

यता, नरेन्द्र केसीले मतदाताहरूको सुझाव र रुकुमको वृहत्तर हितका लागि आफ्नो निर्णय भएको स्पष्ट पार्दै, “रुकुमलाई समृद्ध बनाउने एजेण्डा कुनै व्यक्ति विशेषको नभई साझा हो। रुकुम पश्चिमका सबै उम्मेदवारमध्ये जनार्दन शर्मा सबैभन्दा बलियो, स्थापित र अनुभवी नेता हुनुहुन्छ। उहाँलाई साझा समर्थन गरेर सघाउनु नै अहिलेको आवश्यकता हो,” भने।

उल्लेखनीय छ कि यसअघि एमालेले पनि जनार्दन शर्मालाई समर्थन गरिसकेको छ। यसबाट रुकुम पश्चिमको आगामी निर्वाचनमा साझा उम्मेदवारको प्रत्यक्ष समर्थन र एकता देखिएको छ ।