९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले उम्मेदवार र परिवारको बैङ्क खातामा बढायो निगरानी



अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका उम्मेदवार र उनीहरूको एकाघरका परिवारको बैंक खातामा निर्वाचन आयोगले निगरानी बढाएको छ। आयोगले उम्मेदवारलाई निर्वाचन खर्च बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा गर्न पटक–पटक सचेत गराएको भए पनि अधिकांशले नगरेपछि यस्तो कदम चालिएको हो।

केन्द्रीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिका संयोजक समेत रहनुभएका आयोगका आयुक्त सगुन शमशेर जबराले शुक्रबार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा भने, “बैंक खातामार्फत निर्वाचन खर्च नगर्ने उम्मेदवारलाई आयोगले आचारसंहिता उल्लंघन गरेको आधारमा प्रचलित कानूनअनुसार कारबाही गर्नेछ।”

आयोगले निर्वाचन प्रचार–प्रसारको क्रममा उम्मेदवारसहित परिवारका सदस्यहरूको बैंक खाताको कारोबारको निगरानी बढाएको छ। उहाँले थप्नुभयो, “उम्मेदवारको चुनावी खर्चको अनुगमन जिल्लास्थित कोष तथा लेखा नियन्त्रण कार्यालयबाट भइरहेको छ। सहायक प्रमुख जिल्ला अधिकारीले निर्वाचन सामग्रीमा भएको खर्च अनुगमन गर्नुहुन्छ भने, कोष तथा लेखा नियन्त्रण कार्यालयका अधिकृतले सम्बन्धित उम्मेदवारको वित्तीय अवस्थाको अनुगमन गर्दैछन्।”

आयोगले राष्ट्र बैंकलाई समेत पत्राचार गरेको र निर्वाचन प्रयोजनका लागि छुट्टै बैंक खाता खोल्न उम्मेदवारलाई निर्देशन दिएको थियो। पुरानो खाता प्रयोग गरेर खर्च गरेकालाई आयोगले निगरानीमा राखेको छ। आयुक्त जबराले चेतावनी दिँदै भने, “निर्देशन पालना नगर्ने उम्मेदवारलाई भविष्यमा आचारसंहिता उल्लंघनको मामलामा ब्ल्याकलिस्टमा राखेर कारबाही गरिनेछ। हामी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउने वातावरण मिलाउन सबैसँग सहकार्य चाहन्छौं।”