९ भाद्र २०८३, मंगलवार
,
Latest
विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ सेयर कारोबार सुस्ताउँदा पुँजीगत लाभकर घट्यो मनसुनयता सरदरभन्दा कम वर्षा पहिचान र पुनःस्थापनाको माग गर्दै जनकपुरधाममा मुक्त हरवा–चरवाको प्रदर्शन विदेशमा रहेका विद्यार्थीको समस्या समाधान गर्न नेपाल शैक्षिक परामर्श संघ (इक्यान) र गैरआवासीय नेपाली संघ… भन्सार छलीको १० लाखको कपडासहित एक जना नियन्त्रणमा जसपा नेपालले लुम्बिनीका तीन सांसदसँग फेरि माग्यो स्पष्टीकरण महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर नेपालमा सार्वजनिक भयो अप्रिलियाको नयाँ एसआर १७५ स्कुटर, मूल्य ४ लाख ५६ हजार ५००
तपाईं के खोज्दै हुनुहुन्छ ?

आयोगको निमन्त्रणामा १५ जना विदेशी पाहुना निर्वाचन पर्यवेक्षण गर्न आउँदै



अ+ अ-

काठमाडाैँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको ४३ वटा संस्थाले पर्यवेक्षण गर्ने भएका छन् ।

निर्वाचन आयोगले ३ वटा अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय गरी ४३ संस्थालाई पर्यवक्षेणको लागि अनुमति दिएको हो ।

आयोगले ४० वटा राष्ट्रिय पर्यवेक्षण संस्थालाई प्रशिक्षण पनि दिइसकेको छ । आचारसंहिता अनुगमन तथा पर्यवेक्षण समितिका संयोजक समेत रहेका आयुक्त सगुन शमशेर जबराले तोकिएको आधार र प्रक्रिया पूरा गरेका ३ अन्तर्राष्ट्रिय र ४० वटा राष्ट्रिय संस्थाहरुले निर्वाचनको पर्यवेक्षण गर्ने जानकारी दिए।

त्यसैगरी आयोगको निमन्त्रणामा विभिन्न मुलुकका निर्वाचन आयुक्तसहित १५ जना विदेशी पाहुना पनि निर्वाचन पर्यवेक्षणको लागि आउने भएका छन् । विदेशी पाहुना, कुटनीतिक नियोगका प्रतिनिधि तथा दुतावासका प्रतिनिधिहरुलाई मतदानको दिन अनुगमनका लागि सहजिकरण गर्न परराष्ट्र मन्त्रालयबाट ५२ जना लियाजोन अधिकृतहरु परिचालन भएको पनि आयुक्त जबराले जानकारी दिए।