३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

भारतीय विद्युतीय स्कुटर ‘एम्पीयर’ नेपाली बजारमा प्रवेश, नेक्सस र म्याग्नस निओ सार्वजनिक

भारतीय विद्युतीय स्कुटर ‘एम्पीयर’ नेपाली बजारमा प्रवेश, नेक्सस र म्याग्नस निओ सार्वजनिक
अ+ अ-

काठमाडौँ । भारतमा उत्पादन हुने चर्चित विद्युतीय स्कुटर ब्रान्ड एम्पीयर नेपाली बजारमा औपचारिक रूपमा भित्रिएको छ।

भारतको अग्रणी विद्युतीय सवारी निर्माता ग्रीभ्स इलेक्ट्रीक मोबिलिटीले उत्पादन गर्ने एम्पीयर स्कुटरको नेपालका लागि आधिकारिक विक्रेताका रूपमा एसटीसी ग्रुपअन्तर्गतको एसटीसी अटो शोलुसन प्रा. लि ले बिक्री सुरू गरेको हो।

कम्पनीका अनुसार भारतमा १६५ वर्षभन्दा लामो इन्जिनियरिङ अनुभव बोकेको ग्रीभ्स समूहले पछिल्लो १७ वर्षदेखि विद्युतीय दुईपांग्रे सवारी साधन उत्पादन गर्दै आएको छ। ग्रीभ्सको एम्पीयर ब्रान्ड भारतमा टप ६ विद्युतीय स्कुटर ब्रान्डमध्ये एकको रूपमा स्थापित छ।

एसटीसी अटो शोलुसनले एम्पीयरका ‘नेक्सस’ र ‘म्याग्नस निओ’ गरी दुई मोडलका विद्युतीय स्कुटरसहित नेपाली बजारमा प्रवेश गरेको जनाएको छ। कम्पनीले यी स्कुटरहरू उच्च प्रदर्शन, मजबुत च्यासिस र विश्वस्तरीय प्रविधिसहित उपलब्ध गराएको दाबी गरेको छ।

एम्पीयर स्कुटरमा लिथियम फेरो फोस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसलाई अत्यन्तै चिसो माइनस ४० डिग्रीदेखि ६० डिग्रीसम्मको तातो तापक्रममा परीक्षण गरिएको कम्पनीको भनाइ छ। यी ब्याट्रीको लाइफ साइकल करिब दुई हजारसम्म रहेको र ७५ हजार किलोमिटर वा पाँच वर्षको वारेन्टी प्रदान गरिने जनाइएको छ।

‘म्याग्नस निओ’ मोडलमा २.५ किलोवाट क्षमताको मोटर र २.३ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ। एक पटक फुल चार्ज गर्दा यो स्कुटर १०० किलोमिटरसम्म चल्ने कम्पनीको दाबी छ। १५० किलो लोडिङ क्षमता, १६५ एमएम ग्राउन्ड क्लियरेन्स, आरामदायी सिट तथा लो, हाई र रिभर्स राइडिङ मोड यसमा समावेश छन्। यसको मूल्य तीन लाख रुपैयाँ तोकिएको छ।

त्यस्तै, ‘नेक्सस’ मोडलमा ३.९ किलोवाट क्षमताको मोटर र ३ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ। यो स्कुटर एक पटक चार्ज गर्दा १०७ किलोमिटरसम्म चल्ने बताइएको छ। घरमै करिब तीन घन्टा ३० मिनेटमा चार्ज गर्न सकिने यो स्कुटरमा मिड माउन्ट मोटर, रिभर्ससहित पाँच राइड मोड, अलोय ह्वील, डिस्क ब्रेक, अल एलइडी लाइट, यूएसबी चार्जर र कनेक्टिभिटी जस्ता फिचर समावेश छन्। नेक्ससको मूल्य ३ लाख ३५ हजार रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

कम्पनीले एम्पीयर स्कुटरले नेपाली विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने र वातावरणमैत्री यातायात प्रवर्धनमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ।