१६ श्रावण २०८३, शनिबार
,
Latest
रविले भ्रम र यथार्थको सम्मिश्रणबाट भीड जम्मा गरे, कानूनी समस्याले बालेन कामचलाउ भएः खगेन्द्र संग्रौला भीषण हावाहुरीका कारण ग्रीसभर डढेलो फैलियो, समुन्द्री मार्गबाट सयौँको उद्धार मुलुकमा समस्याको समाधान होइन, शिथिलीकरण मात्र भयोः प्रा. कृष्ण खनाल व्यवस्था र व्यक्तिप्रतिको आक्रोश नछुट्याउँदा लोकतन्त्रमाथि चुनौती थपियोः सीता गुरुङ गाजामा हमाससहित सशस्त्र समूहको पूर्ण निशस्त्रीकरणका लागि सम्झौता भएको ट्रम्पको दाबी भारतको महाराष्ट्रमा भवन भत्किँदा नौ जनाको मृत्यु, उद्धार कार्य जारी खोप तथा प्राथमिक स्वास्थ्य सेवा सुदृढीकरणका लागि नाइजेरियालाई गाभीद्वारा ५० करोड डलर सहयोग नेपाली महावाणिज्यदूतावासको सेवा प्रभावकारिताबारे छलफल धनुषा र सिरहा कर्फ्युः बिहान ५ः०० देखि १०ः०० बजेसम्म अत्यावश्यक सामग्री खरिद गर्न पाइने यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्षतिग्रस्त पोखरा एनसेल सेन्टर पुनःसञ्चालनमा



अ+ अ-

गण्डकी। जेनजी आन्दोलनका क्रममा तोडफोडपछि क्षतिग्रस्त बनेको पोखरास्थित एनसेल सेन्टर आजदेखि पुनः सञ्चालनमा आएको छ ।

पोखराको सिर्जना चोकस्थित सेन्टर जेनजी आन्दोलनका बेलामा तोडफोड पश्चात क्षतिग्रस्त बनेपछि बन्द रहेकामा आजदेखि पुनःसञ्चालनमा ल्याइएको हो ।

मर्मत सम्भार पश्चात पुनःसञ्चालनमा ल्याइएको सेन्टरको आज एक समारोहका बीच एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहाल र पोखरा नुडल्स प्रालिका अधिकृत एमप्रसाद गौतमले उद्घाटन गर्नुुभयो ।

सेन्टरमा क्षति पुगेर बन्द भएपछि कम्पनीले अस्थायी रुपमा ग्राहक सेवा एक तलामाथि रहेको कार्यालयबाट प्रदान गर्दै आएको थियो ।

ग्राहक सेवालाई अझ सहज र गुणस्तरीय बनाउन एनसेलले देशका विभिन्न भागमा ३१ एनसेल सेन्टरहरू सञ्चालन गर्दै आएको कम्पनीले जनाएको छ ।  रासस




भर्खरै