५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

गुठी संस्थानका तत्कालीन जनकपुर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता

गुठी संस्थानका तत्कालीन जनकपुर प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले किर्ते मोही बनाएर रकम भुक्तान गर्ने गुठी संस्थान कार्यालय जनकपुरका तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेसहित ६ जनाविरुद्ध भ्र्रष्टाचार मुद्दा दर्ता गरेको छ । अख्तियारले पाण्डे र राजबाबुसहित गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार आचार्य, तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाल, बिचौलिया सुमनकान्त ठाकुर, नक्कली मोही गायत्रीदेवी जयसवाल र उनका छोरा शत्रुधन जयसवालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन कार्यालय प्रमुख राजबाबु पाण्डेलाई १९ लाख ३० हजार रुपैयाँ मोहीहरूलाई मुआब्जा रकम भुक्तान गरेबापत बिचौलियामार्फत घुस लिएको अनुसन्धानबाट खुलेपछि भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएकाले निजलाई सोही बराबरको बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दर्ता भएको छ ।

त्यस्तै, गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन सहायक प्रशासक मनोजकुमार शर्मा भनिने मनोजकुमार आचार्यले ६ लाख ५० हजार रुपैयाँ मोहीलाई मुआब्जा रकम भुक्तानी गरेबापत बिचौलियामार्फत घुस लिएको प्रमाण फेला परेका भन्दै सोही बिगो कायम हुने गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र सोही ऐनको दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय मागदाबी गरेको छ । अख्तियारले प्रतिवादी गुठी संस्थान शाखा कार्यालय जनकपुरका तत्कालीन वरिष्ठ लेखा सहायक हरिचन्द्र भुसाललाई ४ लाख ३० हजार बिगो दाबीसहित मुद्दा दर्ता गरेको छ ।

त्यस्तै, बिचौलियाको काम गर्ने सुमनकान्त ठाकुरले मोहीबाट पटक–पटक गरी जम्मा ६३ लाख ३६ हजार ६ सय ६७ मोहीलाई मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिकामा काम गरेको अभियोगमा उनलाई सोही बराबरको बिगो कायम हुन र सो रकम जफत हुने गरी विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । त्यस्तै, नक्कली मोही गायत्रीदेवी जयसवाललाई १२ लाख ८१ हजार ६ सय ६७ रुपैयाँ लिएको पाइएको थियो ।

सोही रकम मध्येबाट ७ लाख ३५ हजार रुपैयाँ सुमनकान्त ठाकुरले मुअब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरी दिएबापत गुठी संस्थानको कर्मचारीलाई समेत दिन लिएको अख्तियारको अनुसन्धानमा खुल्न आएको पाइएपछि विशेष अदालतमा मुद्दा दर्ता भएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गुठी संस्थान जनकपुर कार्यालयले १६ जेठ २०६९ मा गायत्रीदेवीलाई ७७ लाख १ हजार ६६७ रुपैयाँ र २७ असारमा शत्रुधनलाई १२ लाख ५० जार रुपैयाँ भुक्तानी गरेको थियो ।

शत्रुधनले लिएको १२ लाख ५० हजार रुपैयाँमध्ये ठाकुरले बिचौलियाको भूमिका निर्वाह गरिदिएबापत ७ लाख ३५ हजार रुपैयाँ लिएका थिए । ठाकुरले लिएको रकम गुठी संस्थानका कर्मचारीसम्म पुगेको अख्तियारले जनाएको छ । त्यस्तै, गायत्रीदेवीले लिएको ७७ लाख १ हजार ६६७ रुपैयाँ मुआब्जामध्ये ठाकुरलाई कमिसनबापत ५६ लाख १ हजार ६६७ रुपैयाँ दिएकी थिइन् । जुन रकम कर्मचारीलाई पनि बाँडिएको थियो ।

अख्तियारले सुमनकान्त ठाकुरलाई ५६ लाख १ हजार ६ सय ६७ मुआब्जा रकम भुक्तानी गराउन बिचौलियाको भूमिका निर्वाह गरिदिएबापत गुठी संस्थान शाखा कार्यालय जनकपुरका कर्मचारी समेतलाई दिने गरी घुस दिएको तथ्य सप्रमाण पुष्टि हुन आएको भन्दै उनलाई सोहीबराबरको बिगो कामय हुने गरी मुद्दा दर्ता भएको छ ।

अपराध महाशाखाका निरीक्षकविरुद्ध भ्रष्टाचार मुद्दा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय अपराध महाशाखा, काठमाडौंका प्रहरी निरीक्षक जयनेपाल थापाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सेवाग्राहीबाट ४० हजार घुस लिएको अभियोगमा पक्राउ परेका उनीविरुद्ध आइतबार विशेष अदालतमा मुद्दा दायर भएको हो । अपराध महाशाखा, काठमाडौंमा दर्ता रही जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको एक मुद्दामा रकम लिएको आरोपमा उनी पक्राउ परेका थिए ।

अनुसन्धानको सिलसिलामा महानगरीय अपराध महाशाखा टेकुका प्रहरी निरीक्षक थापाले आफ्नो जिम्मेवारी र पदीय दायित्वविपरीत ठगी मुद्दामा ठगी भएको रकम उठाइदिन वकिललाई दिनुपर्ने रकम हो भनी पीडितबाट रकम माग गरेको दाबी आरोपपत्रमा गरिएको छ । थापालाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद र बिगो तथा जरिमाना गर्न अख्तियारले माग गरेको छ । राजधानी दैनिकबाट