४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान News Polar पाल्पामा गाडी दुर्घटना, एक जनाको मृत्यु News Polar भोटेकोशी बाढीः कुशको शव बनाएर पातारासीका १० जनाको सामुहिक अन्त्येष्टि News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता

नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड

नेपाली काँग्रेसको पक्षमा देशव्यापी जनलहर, आचारसंहिता पालनामा प्रवक्ता चालिसेको जोड
अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका प्रवक्ता देवराज चालिसेले आगामी निर्वाचनमा काँग्रेसको पक्षमा देशव्यापी जनलहर सिर्जना भएको दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रिय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले १६५ वटै निर्वाचन क्षेत्रमा काँग्रेसका कर्मठ र लोकप्रिय उम्मेदवारहरूले मतदातासँग सघन अन्तरक्रिया गरिरहेको र अपेक्षित चुनावी परिणामको पूर्वाभ्यास भइसकेको बताउनुभएको हो ।

प्रवक्ता चालिसेले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै मुलुकको स्थिति सम्हाल्न र लोकइच्छा मुताविक समृद्ध राष्ट्रका लक्ष्यहरू पूरा गर्नसक्ने एक मात्र दल काँग्रेस भएको जिकिर गर्नुभयो । उहाँले निर्वाचन अघिको संवेदनशील परिस्थितिमा लोकतन्त्रको रक्षाका लागि नागरिकहरूले देखाएको समर्थनप्रति आभार समेत प्रकट गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अति लोकप्रियता र प्रतिगमनका पक्षमा गैरजिम्मेवारी ढंगले आम मनोविज्ञानलाई प्रभाव पार्ने तत्वहरू शिथिल बन्दै गएका छन् । नेपाली काँग्रेसप्रति चौतर्फी आकर्षण बढेको छ । विभिन्न दलका उच्चस्तरका राजनीतिक व्यक्तित्व र जनप्रतिनिधिहरू कांग्रेस प्रवेश गर्ने लहर चलेको छ ।’

प्रचारप्रसार अन्तिम सातामा प्रवेश गरिरहँदा पार्टीका शिर्ष नेताहरू देशका विभिन्न प्रमुख सहरहरूमा आयोजना हुने चुनावी सभामा सहभागी भइरहेको जानकारी दिनुभया ।

चालिसेले नवलपरासी, सुर्खेत र बाँकेमा सम्पन्न सभाहरूमा अन्य दल परित्याग गरी सयौँ कार्यकर्ता काँग्रेसमा प्रवेश गरेको बताउनु भयो ।

निर्वाचन आचारसंहिताको पालनालाई काँग्रेसले प्रमुख प्राथमिकता दिएको उल्लेख गर्दै उहाँले उल्लंघनका घटनाहरूबारे तत्काल छानबिन गरी कारबाही गर्न निर्वाचन आयोगसँग माग गर्नुभयो ।

भयरहित वातावरणमा शान्तिपूर्ण रूपमा मतदान गर्न पाउने अधिकार नागरिकको रहेकाले नागरिक अधिकारको सम्मान गर्नका लागि सरकारले आफ्ना सम्पूर्ण संयन्त्रहरू परिचालन गर्नुपर्ने बताउनु भयो ।

जेलबाट फरार भएका अपराधीहरू र हतियारसहित बाहिर रहेकाहरुबाट हुनसक्ने अशान्तिप्रति सरकार सचेत हुनुपर्ने काँग्रेसको भनाइ छ ।

प्रवक्ता चालिसेले बालबालिकालाई निर्वाचनमा प्रयोग गर्ने कार्यको आलोचना गर्दै यसलाई बाल अधिकारको हनन र दण्डनीय गतिविधि भएको ठहर गर्नुभयो ।

उहाँले कुनैपनि सभ्य पार्टीले राजनीतिक उद्देश्यका लागि बालबालिकाको उपयोग गर्न नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘नेपालको बहुलता र एकतालाई कमजोर पार्ने विभाजनकारी अभिव्यक्ति र सामाजिक सद्भावमाथि प्रहार गर्ने कार्य सर्वथा अनुचित हो ।’

लोकतन्त्रको रक्षाका लागि सञ्चार क्षेत्र र काँग्रेसबीचको सहकार्य अविच्छिन्न रहने विश्वास व्यक्त गर्नुभयो । –न्युज एजेन्सी नेपाल