३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र

दाङका तीन वटा निर्वाचन क्षेत्र जोड्ने सडक पाँचवर्षदेखि अलपत्र
अ+ अ-

काठमाडाैँ । दाङका तीन वटै निर्वाचन जोड्ने तुलसीपुर उपमहानगरपालिका–१४ जितपुरमा पर्ने दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको छ ।

घोराही तुलसीपुर–८ भैसापत्रामा क्षेत्र नं २ जोडिन्छ भने घोराही–५ डाँगीगाउँमा क्षेत्र नं १ जोडिन्छ । त्यस्तै, घोराही–८ निर्वाचन क्षेत्र नं २ मा पर्छ भने घोराही–५ निर्वाचन क्षेत्र नं १ मा पर्दछ । तुलसीपुर उपमहानगरपालिका–१४ निर्वाचन क्षेत्र नं ३ मा पर्छ । यसरी तीन वटा निर्वाचन क्षेत्रलाई जोड्ने र सोही ठाउँ हुँदै दाङको गौरवको योजनाका रूपमा रहेको दामोदर सडकखण्ड पाँच वर्षदेखि कालोपत्र नहुँदा अलपत्र परेको हो ।

घोराहीबाट बबई गाउँपालिकाको हापुरसम्म जोड्ने उक्त सडकले जोड्ने दामोदर खण्डमा कालोपत्रका लागि ग्राभेल हालेको पाँच वर्षभन्दा बढी भइसके पनि अहिलेसम्म कालोपत्रसहित स्तरोन्नति हुनसकेको छैन ।

उक्त सडकअन्तर्गत घोराहीको नैनवारसम्म भने कालोपत्र भइरहेको स्थानीय बताउँछन् । यहाँबाट नजिकै पर्ने तुलसीपुर–१४ को जितपुरसहित १८ किलोमिटर क्षेत्रमा कालोपत्र हुन नसकेको स्थानीय नारायण खड्काले बताए। “सोही वडाको बीचमा कालोपत्र नभएर तुलसीपु–११ को उरहरीतर्फबाट काम भएको छ । यसले यहाँका नागरिकलाई आवागमनमा सास्ती हुँदै आएको छ”, उनले भने ।

वरिपरि सबै ठाउँमा कालोपत्र भएको बताउँदै तुलसीपुर उपमहानगरपालिका–१४ जितपुर क्षेत्रमा सडक स्तरोन्नति नहुँदा यहाँका स्थानीयले आफूहरू उपेक्षामा परेको बताउने गरेका खड्काले उल्लेख  गरे । दामोदर सडकलाई पश्चिम दाङ जोड्ने वैकल्पिक मार्गका रूपमा पनि लिने गरिएको छ । यो सडक निर्माण भएमा स्थानीय उत्पादन सहजै बजारसम्म लैजान सकिने उनले बताए ।