३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपा क्वाटरफाइनलमा, किर्तिपुर बाहिरियो



अ+ अ-

काठमाडौं । बनेपा नगरपालिका राजधानीमा जारी महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार किर्तिपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै बनेपा क्वाटरफाइनलमा पुगेको हो । जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बनेपाले किर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ को सेटमा पराजित गर्यो । जितसँगै समूह बी को बनेपाले ३ अंक जोड्यो । किर्तिपुर भने दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा किर्तिपुर कागेश्वरी मनोहरासँग पराजित भएको थियो । किर्तिपुरले लगातार दुई खेलमा पराजित भएसँगै कागेश्वरी पनि क्वाटरफाइनलमा पुगेको छ । अब यस समूहबाट बनेपा र कागेश्वरीबीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ । पुरुषतर्फको अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई २५–२१, १९–२५,२५–१९ र २५–२१ को सेटमा हराएको छ ।

पुरुषतर्फ आइतबार भएको अर्को खेलमा महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई २५–१४,२५–२३ र २५–२१ को सेटमा पराजित गरेको छ । त्यस्तै कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकामाथि २५–२१,२५–१८ र २५–१९ को सेटमा जित निकालेको छ । महिलातर्फ ललितपुर महानगरपालिकाले बनेपालाई ३–० को सेटमा हराएको छ । ललितपुरले बनेपामाथि २५–५,२५–११ र २५–१८ ले पराजित गरेको हो ।

महिलातर्फ नै हेटौडाले टोखालाई २५–१७, २५–२१ र २५–१७ को सेटमा हराएको छ । त्यस्तै अर्को खेलमा गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५–१७,२५–११ र २५–५ ले हराएको छ । ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५ – १५ हजार पाउने छन् । यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५– ५ हजार पाउने छन् ।