२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बनेपा क्वाटरफाइनलमा, किर्तिपुर बाहिरियो



अ+ अ-

काठमाडौं । बनेपा नगरपालिका राजधानीमा जारी महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार किर्तिपुर नगरपालिकालाई ३–० को सेटमा पराजित गर्दै बनेपा क्वाटरफाइनलमा पुगेको हो । जवालाखेल भलिबल प्रशिक्षण केन्द्रमा बनेपाले किर्तिपुरलाई २५–१०, २५–१३ र २५–२१ को सेटमा पराजित गर्यो । जितसँगै समूह बी को बनेपाले ३ अंक जोड्यो । किर्तिपुर भने दुई खेलमा हार व्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।

पहिलो खेलमा किर्तिपुर कागेश्वरी मनोहरासँग पराजित भएको थियो । किर्तिपुरले लगातार दुई खेलमा पराजित भएसँगै कागेश्वरी पनि क्वाटरफाइनलमा पुगेको छ । अब यस समूहबाट बनेपा र कागेश्वरीबीचको खेलले समूह विजेता र उपविजेताको तय हुनेछ । पुरुषतर्फको अर्को खेलमा चौतारा नगरपालिकाले ललितपुर महानगरपालिकालाई २५–२१, १९–२५,२५–१९ र २५–२१ को सेटमा हराएको छ ।

पुरुषतर्फ आइतबार भएको अर्को खेलमा महालक्ष्मी नगरपालिकाले पनौती नगरपालिकालाई २५–१४,२५–२३ र २५–२१ को सेटमा पराजित गरेको छ । त्यस्तै कमलामाई नगरपालिकाले गोकर्णेश्वर नगरपालिकामाथि २५–२१,२५–१८ र २५–१९ को सेटमा जित निकालेको छ । महिलातर्फ ललितपुर महानगरपालिकाले बनेपालाई ३–० को सेटमा हराएको छ । ललितपुरले बनेपामाथि २५–५,२५–११ र २५–१८ ले पराजित गरेको हो ।

महिलातर्फ नै हेटौडाले टोखालाई २५–१७, २५–२१ र २५–१७ को सेटमा हराएको छ । त्यस्तै अर्को खेलमा गोकर्णेश्वरले विदुर नगरपालिकालाई २५–१७,२५–११ र २५–५ ले हराएको छ । ललितपुर महानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा पुरुषमा १३ र महिलामा ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतियोगिताको महिला र पुरुष दुवैको विजेताले २ लाख, उपविजेताले १ लाख र तेस्रोले ५० हजार पाउने छन् । यस्तै चौंथोले २५ हजार पाउने छ । सेमिफाइनलमा पुग्ने टिमले १५ – १५ हजार पाउने छन् । यस्तै महिला र पुरुष दुवैको सर्वोकृष्ट खेलाडीले १० हजार पाउँदा व्यक्तिगत विधातर्फ स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही ५– ५ हजार पाउने छन् ।