३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

काठमाडौँ उपत्यकाका लागि कांग्रेस उम्मेदवारको साझा प्रतिबद्धता ‘भिजन १०’ आज सार्वजनिक

काठमाडौँ उपत्यकाका लागि कांग्रेस उम्मेदवारको साझा प्रतिबद्धता ‘भिजन १०’ आज सार्वजनिक
अ+ अ-

काठमाडौँ । संघीय राजधानी उपत्यकाअन्तर्गत पर्ने काठमाडौँ, ललितपुर र भक्तपुरका लागि नेपाली कांग्रेसका उम्मेदवारहरूले संयुक्त प्रतिबद्धता ‘भिजन १०’ आज सार्वजनिक गर्ने भएका छन्। आगामी पाँच वर्षमा उपत्यकाको दिगो विकासका लागि गरिने साझा कामको खाकासहितको प्रतिबद्धता काठमाडौँमा आयोजना हुने कार्यक्रममा सार्वजनिक गरिनेछ।

उक्त कार्यक्रमको पहल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको अग्रसरतामा भएको हो। काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका महामन्त्री पौडेलले उपत्यकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै उम्मेदवारहरूबीच परामर्श गरेर साझा खाका तयार पारिएको जानकारी दिए।

उनका अनुसार संघीय राजधानीका रूपमा उपत्यकामा देखिएका यातायात, भौतिक पूर्वाधार, सहरी व्यवस्थापनलगायतका प्रमुख मुद्दाहरूमा साझा दृष्टिकोण निर्माण गरी प्रतिबद्धता सार्वजनिक गर्न लागिएको हो। “समग्र उपत्यकाको विकासको मार्गचित्र हाम्रो प्राथमिकतामा छ। एक्लाएक्लै भन्दा साझा रूपमा मुद्दा उठाउँदा प्रभावकारी हुने भएकाले संयुक्त प्रतिबद्धता सार्वजनिक गर्न लागेका हौँ,” उनले भने।

कार्यक्रममा काठमाडौँ, ललितपुर र भक्तपुरका नेपाली कांग्रेसका उम्मेदवारहरूको उपस्थिति रहने नेपाली कांग्रेस काठमाडौँका सचिव सुशन वैद्यले जानकारी दिए। कार्यक्रम आज दिउँसो १ बजे काठमाडौँको विशालनगरस्थित भाटभटेनी सुपरमार्केट परिसरमा आयोजना हुने छ।